About us

washkhabar.com खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वन गर्न सघाउ पु-याउने हेतुले सञ्चालन गरेको डिजिटल पत्रिका हो । सम्पन्न सञ्चार प्रा.लि.द्वारा सञ्चालित यो डिजिटल पत्रिका सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागमा ०७३/०७४ मा ४० औं नम्बरमा दर्ता भएको छ । 

 washkhabar मा हामी खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा भईरहेका क्रियाकलाप, प्रगति, सफलता, अवसर तथा चुनौती र समस्याका सवालहरु उठाउँछौं । हाम्रो उपस्थिति स्वस्थ जीवनयापनका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको महत्व जनमानसमा पुयाउन र देशमा चलिरहेको सरसफाइ अभियानमा हिस्सेदार बन्न हो ।

यस क्षेत्रलाई कार्यथलो बनाएर दिनरात खटिरहेका सरकारी तथा गैरसरकारी संघ संस्था, नीजि क्षेत्र सबै हाम्रा सहयात्री हुन् । हामी सबैसँग समन्वय, सहकार्य र हातेमालोको अपेक्षा गर्छौ ।