बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

‘मर्निङ वाक’ गएका सिडिओले खुला दिसा गरिरहेको भेटेपछि ….

कपिलवस्तु : कपिलवस्तु नगरपालिका –२ बुद्धस्थल निग्रोधराम नजिकै सडकमा खुला दिसा गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी छाडेका छन् ।

बर्दहवा गाउँका हरिराम पासी, बेकारु पासी तथा भारतको सिद्धार्थ नगर जिल्लाका बर्साती लोहार, सोमई लोहार र राजुर पासीलाई नियन्त्रणमा लिई ४ घण्टा सम्म प्रहरी कार्यालयमा राखेर छाडिएको हो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले ‘मर्निङ वाक’ गएका बेला खुला ठाउँमा शौच गरिरहेको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
प्रहरीले पक्राउ गरेपछि उनीहरूलाई आइन्दा खुला ठाउँमा दिसा नगर्ने र गाउँलेलाई समेत सम्झाउने लिखित कबुलियतनामा गराएर छाडिएका कपिलवस्तुका प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तुको ९२ हजार घरधुरीमध्ये २५ प्रतिशत घरधुरीमा अझै शौचालय बनेको छैन । कपिलवस्तु नगरपालिकामा ४० प्रतिशत बढी घरका परिवारले अझै पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।