बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका लागि १ करोड ३० लाख रुपैयाँ लाग्ने

काठमाडौं : आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनका लागि १ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने भएको छ ।

सम्मेलनको तयारी अहिले सम्मको प्रगति र सम्मेलन सफलताका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सम्मेलन आयोजक समिति एवं सोफेनका अध्यक्ष रामद्धीप शाहले सम्मेलनका लागि आवश्यक रकम मध्ये अझै ७३ लाख रुपैयाँ अपुग रहेको बताउनुभयो ।

‘अहिलेसम्म नेपाल सरकारको तर्फबाट २५ लाख रुपैयाँ र एसएनभीको तर्फबाट ६ लाख रुपैयाँको प्रतिबद्धता आएको छ, हामीले ठूलो राशी खोज्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।

यो सम्मेलन राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार सम्मेलनमा १५ जना भन्दा बढी मुख्य वक्ताहरुको एकीन भइसकेको छ ।