बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

अपाङ्गता भएका विद्यार्थीलाई लुगा धुने मेसिन

उदयपुर : त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छात्रछात्राका लागि वासिङ्ग मेसिन प्रदान गरिएको छ । त्रियुगा नगरपालिका ११ का विमल श्रेष्ठले त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लुगा धुन सहज होस् भन्ने उद्देश्यले वासिङ मेसिन प्रदान गरिएको हो ।

श्रेष्ठले करिब ४० हजार रुपैयाँ पर्ने मेसिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । बौद्धिक स्रोत केन्द्र कक्षाका आया (केयर टेकर) लाई अशक्त बाल बालिकाको लुगा धुन सहज होस भनेर मेसिन प्रदान गरिएको दाता श्रेष्ठले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको उपस्थितिमा विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्दै, विमल श्रेष्ठ ।

३ वटा श्रोत केन्द्र रहेको विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत छन् । वासिङ्ग मेसिन प्राप्त भएपछि लुगाधुन सजिलो हुने बालबालिकाको हेरचाह गर्दै आउनुभएकी अजिता कार्कीले बताउनुभयो ।

फरक क्षमता भएका व्यक्तिलाई सहयोग गर्नु पूण्य कार्य भएको भन्दै प्रमुख जिल्ला अधिकारी कँडेलले लुगाधुने मेसिन सहयोग गर्ने श्रेष्ठ र श्रेष्ठको परिवारलाई धन्यवाद दिनुभयो ।