बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

दुई महिना भित्रै चौध सय घरपरिवारलाई सुरक्षित खानेपानी

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाका चौध सय घरपरिवारका लागि सुरक्षित खानेपानीको व्यवस्था हुने भएको छ । नगरपालिकाको वडा नम्बर एक, दुई, तीन र पाँचका बासिन्दाका लागि नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिले खानेपानीको व्यवस्था गर्न लागेको हो । साढे १४ करोडको लागतमा नेपाल सरकार तथा एशियाली विकास बैंकको ७० प्रतिशत […]

पानी प्रशोधन केन्द्र प्रयोगविहीन, ५० हजार उपभोक्ता दुषित पानी पिउन बाध्य

इलाम : इलाममा पानी शुद्धीकरण गर्न बनाएको प्रशोधन केन्द्र प्रयोगविहीन भएपछि उपभोक्ता दुषित पानी पिउन बाध्य छन् । सन्दकपुर गाउपालिकाको चारखाँदे छेउमा बनाएको प्रशोधन केन्द्र प्रयोगमा नआएपछि पानी शुद्धीकरण नगरी घरघरमा पठाउने गरिएको छ । छ वर्ष अगाडी चार करोड रुपैंयाँको लगानीमा निर्माण भएको प्रशोधन केन्द्र अहिलेसम्म प्रयोगमा आएको छैन । अहिले इलाम नगरपालिकाको कार्यालयले […]

नाला र ढलसँगै खानेपानीका पाइप

चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा वितरण गरिएका अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको छ। विभिन्न उपभोक्ता समिति मार्फत चरिकोटमा बिच्छ्याइएका खानेपानीका पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नाला सँगै मिसाएर खुवाएको भन्दै स्थानीयहरू चिन्तित भएका छन्। चरिकोटको मूल बजार, चरिघ्याङ, पेट्रोल […]

खानेपानी आयोजना विग्रिएपछि होटल व्यवसाय संकटमा

बैतडी : विग्रिएको खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा बैतडीको व्यापारिक केन्द्र सतबाजमा खोलिएका होटल तथा रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको छन् । खानेपानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्नै समस्या भएपछि बन्द हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको सहयोगमा ०६७ सालमा ८ सय मिटर तलको कटमोली खोलाबाट पम्पिङ प्रणालीबाट ल्याएको पानी विग्रिएपछि खानेपानीको अभाव […]

मेलुङका हरेक धारामा वयस्क र बालबालिकाका लागि छुट्टै धारा

दोलखा : दोलखाको मेलुङ गाउँपालिका – ७ मेलुङमा ६१ वटा बालमैत्री धारा बनाइएको छ ।  ठूला व्यक्ति र बालबालिकाले समेत पानी थाप्न र पिउन मिल्ने गरी धारा निर्माण गरिएको हो । हरेक धारामा वयस्क व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । भूकम्प पछि खानेपानीको समस्या झेलिरहेका मेलुङका बासिन्दाका लागि ८८ लाख ७४ हजार […]

सुत्केरी हुँदा पानी पनि पैचो !

धादिङ : ब्रुसबाङकी फुलमाया चेपाङले सुत्केरी हुँदा समेत पोषणयुक्त खाना त पाइनन् नै, पानी समेत पैंचो लिएर बच्चा हुर्काउनु प-यो । स्थानीय खाद्य अधिकार समूहकी अध्यक्ष समेत रहेकी फूलमायाले सुत्केरीमा पानी अभावले पाएको पीडा सम्झिँदै भनिन्, “सासुससुराबाट पानी पैंचो गरेर बच्चालाई नुवाइधुवाइ र लुगा धोएँ ।”  गाउँमा पुगेका जिल्लास्तरीय एक समूहसँग उनले छ वर्षदेखि खाद्य […]

खानेपानीको मुहान सुक्न थालेपछि डोटीमा भगवतीको पूजा

डोटी : लामो समयदेखि पानी नपर्दा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै बालीनाली समेत सुक्न थालेपछि डोटीको जोरायल गाउँपालिका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् । ६५ घरको बसोबास रहेको बाँजिलेकका बासिन्दाले परम्परागत तरिकाले बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् । ‘गाउँमा खानेपानीको योजना भए पनि खडेरीका कारण मुहान सुक्दै […]

मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाड्यो

मनाङ : मनाङको उच्च हिमाली भेगमा खानेपानीको मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाडेको छ । अत्यधिक चिसो बढेपछि पानी वग्ने खोला पनि जमेको मनाङको लेदरका फुर्वु डोल्पो घलेले बताउनुभयो । ‘खहरे खोला र छहराहरु पूरै जमेका छन्, खानेपानीको मुहान सानो पानीको मूल भएकाले जमेर बग्नै छाडेको छ’ घलेले भन्नुभयो ‘धारोमा पानी आउनै छाडेपछि […]

महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी गुरुङले बताउनुयो । सो ठाउँको १३ […]

मोबाइल एपको सहायताबाट म्याग्दी खोलाको पानी लभ्ली डाँडामा उक्लियो

म्याग्दी : म्याग्दी खोलाको किनारमा १० मिटर गहिरो इनार खनेर त्यसभित्र समसिवल पम्प राखिएको छ । विद्युतीय शक्तिबाट चल्ने पम्पले खोलादेखि २५० मिटर उचाईको लभ्ली डाँडासम्म पानी तानेर पु-याइएको छ । खोला देखि ५ सय मिटरको दुरीमा रहेको लभ्ली डाँडा सम्म प्रतिघण्टा दश हजार लिटर पानी तानिरहेको हुन्छ । यसका लागि २० हर्ज पावर क्षमताको […]



Page 1 of 2912345...1020...Last »