बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

दुई महिना भित्रै चौध सय घरपरिवारलाई सुरक्षित खानेपानी

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाका चौध सय घरपरिवारका लागि सुरक्षित खानेपानीको व्यवस्था हुने भएको छ । नगरपालिकाको वडा नम्बर एक, दुई, तीन र पाँचका बासिन्दाका लागि नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिले खानेपानीको व्यवस्था गर्न लागेको हो । साढे १४ करोडको लागतमा नेपाल सरकार तथा एशियाली विकास बैंकको ७० प्रतिशत […]

पानी प्रशोधन केन्द्र प्रयोगविहीन, ५० हजार उपभोक्ता दुषित पानी पिउन बाध्य

इलाम : इलाममा पानी शुद्धीकरण गर्न बनाएको प्रशोधन केन्द्र प्रयोगविहीन भएपछि उपभोक्ता दुषित पानी पिउन बाध्य छन् । सन्दकपुर गाउपालिकाको चारखाँदे छेउमा बनाएको प्रशोधन केन्द्र प्रयोगमा नआएपछि पानी शुद्धीकरण नगरी घरघरमा पठाउने गरिएको छ । छ वर्ष अगाडी चार करोड रुपैंयाँको लगानीमा निर्माण भएको प्रशोधन केन्द्र अहिलेसम्म प्रयोगमा आएको छैन । अहिले इलाम नगरपालिकाको कार्यालयले […]

मेलुङका हरेक धारामा वयस्क र बालबालिकाका लागि छुट्टै धारा

दोलखा : दोलखाको मेलुङ गाउँपालिका – ७ मेलुङमा ६१ वटा बालमैत्री धारा बनाइएको छ ।  ठूला व्यक्ति र बालबालिकाले समेत पानी थाप्न र पिउन मिल्ने गरी धारा निर्माण गरिएको हो । हरेक धारामा वयस्क व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । भूकम्प पछि खानेपानीको समस्या झेलिरहेका मेलुङका बासिन्दाका लागि ८८ लाख ७४ हजार […]

सुत्केरी हुँदा पानी पनि पैचो !

धादिङ : ब्रुसबाङकी फुलमाया चेपाङले सुत्केरी हुँदा समेत पोषणयुक्त खाना त पाइनन् नै, पानी समेत पैंचो लिएर बच्चा हुर्काउनु प-यो । स्थानीय खाद्य अधिकार समूहकी अध्यक्ष समेत रहेकी फूलमायाले सुत्केरीमा पानी अभावले पाएको पीडा सम्झिँदै भनिन्, “सासुससुराबाट पानी पैंचो गरेर बच्चालाई नुवाइधुवाइ र लुगा धोएँ ।”  गाउँमा पुगेका जिल्लास्तरीय एक समूहसँग उनले छ वर्षदेखि खाद्य […]

१८ महिनामा सक्नुपर्ने खानेपानी आयोजना ३ बर्षमा पनि ९० प्रतिशत मात्र

रुकुम : निर्माण शुरु भएको १८ महिना भित्र सम्पन्न गर्नुपर्ने मुसीकोट तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना ३ वर्षमा बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । रुकुमको मुसिकोटमा एक घर, एक धाराको लक्ष्य सहित २०७१ फागुनमा कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लि.सुरुंगा झापाले खानेपानी आयोजना निर्माणको काम शुरु गरेको थियो । सम्झौता अनुसार, २०७३ भदौमा […]

घरबाटै पानी लिएर नगए स्कुलमा प्यासले फिटीफिटी

रामेछाप : मन्थली नगरपालिका– ३ ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी झोलाभरि किताब सँगै खानेपानी पनि घरबाटै बोक्न बाध्य छन् । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थी घरबाटै खानेपानीको बन्दोबस्त मिलाएर जान बाध्य छन् । विद्यालयमा खानेपानी भएपछि विद्यालयले पनि खानेपानी अनिवार्य रूपमा लिएर आउन निर्देशन दिएको छ । विद्यालयमा खानेपानीको अभाव भएकाले विद्यार्थीकै हीतका […]

यसरी गरियो, भूकम्पले सुकेको मूलको संरक्षण

ललितपुर : २०७२ को वैशाख १२ गते गएको भूकम्पपछि काठमाडौंको पूर्वी दक्षिण कुनाको विष्टछाप गाउँको सिरानको पानीको मूहानमा साविक भन्दा दोब्बर तेब्बर पानी आयो । तर वैशाख २९ गतेको पराकम्पपछि पानीको मूल आश्चर्यजनक ढंगमा सुक्यो । के गर्ने, कसो गर्ने गाउँलेहरू आत्तिए । पूर्खादेखि पानी खाँदै आइरहेको मूल सुकेपछि पानीको लागि के गर्ने भन्ने चिन्ता […]

कालिकोटमा खानेपानी धाराबाट भात झरेपछि …

कालिकोट : कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुमा खानेपानीको धाराबाट भात बगेर आएको छ । धारामा पानी थाप्न गएकोे बेला पानी संगै भात बगेर आएको लंकबहादुर बमले बताउनुभयो । एक सय भन्दा बढी घरले उपभोग गर्दै आएको पानीको पाइपबाट भात बगेर आएको हो । कालच्युरी, पिलकोट, वड, लखनवाडा लगायतका बस्तीमा दुषित पानीका कारण केही विरामी समेत […]

बजारको अधिकांश पानी ‘मापदण्ड विपरीत’

काठमाडौ : निजी उद्योगबाट उत्पादित अधिकांश बोतल र जारको पानी सरकारी मापदण्ड विपरीत रहेको पाइएको अधिकारीहरूले बताएका छन्। प्रशोधित पानी भनेर लेखिएका बोतल र जारका कैयौँ नमुना हाल सालै प्रयोगशालामा जाँच गर्दा त्यस्तो अवस्था पाइएको हो। तर सरकारी मापदण्ड नै व्यावहारिक नभएको भन्दै व्यवसायीहरूले त्यसमा परिमार्जन गर्न र अनुमतिपत्र नलिई सञ्चालित पानी उद्योगमाथि कारबाही गर्न माग […]

क्षतिग्रस्त ९०४ खानेपानी आयोजनाको पुनर्निर्माण सम्पन्न

काठमाडौ : भूकम्पले क्षति पु-याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षतिग्रस्त तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजना मध्ये ९०४ वटा आयोजना सम्पन्न भएको र ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि रु एक […]



Page 1 of 1612345...10...Last »