बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

नाला र ढलसँगै खानेपानीका पाइप

चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा वितरण गरिएका अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको छ। विभिन्न उपभोक्ता समिति मार्फत चरिकोटमा बिच्छ्याइएका खानेपानीका पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नाला सँगै मिसाएर खुवाएको भन्दै स्थानीयहरू चिन्तित भएका छन्। चरिकोटको मूल बजार, चरिघ्याङ, पेट्रोल […]

खानेपानी आयोजना विग्रिएपछि होटल व्यवसाय संकटमा

बैतडी : विग्रिएको खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा बैतडीको व्यापारिक केन्द्र सतबाजमा खोलिएका होटल तथा रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको छन् । खानेपानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्नै समस्या भएपछि बन्द हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको सहयोगमा ०६७ सालमा ८ सय मिटर तलको कटमोली खोलाबाट पम्पिङ प्रणालीबाट ल्याएको पानी विग्रिएपछि खानेपानीको अभाव […]

खानेपानीको मुहान सुक्न थालेपछि डोटीमा भगवतीको पूजा

डोटी : लामो समयदेखि पानी नपर्दा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै बालीनाली समेत सुक्न थालेपछि डोटीको जोरायल गाउँपालिका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् । ६५ घरको बसोबास रहेको बाँजिलेकका बासिन्दाले परम्परागत तरिकाले बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् । ‘गाउँमा खानेपानीको योजना भए पनि खडेरीका कारण मुहान सुक्दै […]

मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाड्यो

मनाङ : मनाङको उच्च हिमाली भेगमा खानेपानीको मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाडेको छ । अत्यधिक चिसो बढेपछि पानी वग्ने खोला पनि जमेको मनाङको लेदरका फुर्वु डोल्पो घलेले बताउनुभयो । ‘खहरे खोला र छहराहरु पूरै जमेका छन्, खानेपानीको मुहान सानो पानीको मूल भएकाले जमेर बग्नै छाडेको छ’ घलेले भन्नुभयो ‘धारोमा पानी आउनै छाडेपछि […]

मोबाइल एपको सहायताबाट म्याग्दी खोलाको पानी लभ्ली डाँडामा उक्लियो

म्याग्दी : म्याग्दी खोलाको किनारमा १० मिटर गहिरो इनार खनेर त्यसभित्र समसिवल पम्प राखिएको छ । विद्युतीय शक्तिबाट चल्ने पम्पले खोलादेखि २५० मिटर उचाईको लभ्ली डाँडासम्म पानी तानेर पु-याइएको छ । खोला देखि ५ सय मिटरको दुरीमा रहेको लभ्ली डाँडा सम्म प्रतिघण्टा दश हजार लिटर पानी तानिरहेको हुन्छ । यसका लागि २० हर्ज पावर क्षमताको […]

जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने

काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ । सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्रस्तुतीकरण हुने साइन्टिफिक उपसमितिका […]

धोबीखोलाको पानी पिउन योग्य बनाइने

काठमाडौ : नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउन योग्य बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।  बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उहाँले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।  काठमाडौँ निर्वाचन क्षेत्र ४(ख) बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल […]

मध्यरातको ब्लाष्टले मेलम्चीमा ब्रेक थ्रु

लिखिता बराल, सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको छ । मध्यरातमा गरिएको ब्लास्टले ८ हजार ३ सय मिटर लम्बाइको अम्बाथान – ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु भएको हो । अम्बाथानदेखि ग्याल्थुमसम्मको ब्रेक थ्रु भएपछि अब ५१५ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल […]

सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको विषयमा थाहा पाउनुहोस्

काठमाडौ : विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन जस्ता कारणले नेपालको हिमाल, पहाड तथा तराई र भित्री मधेसहरुमा पानीका मुहानहरु दिन प्रतिदिन सुक्ने क्रम बढिरहेको छ । यसरी भएका पानीका मुहानहरु सुक्नाले नेपालका थुप्रै गाउँ बस्तीहरुमा बसोबास गर्ने मानिसहरुको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । यस्ता बस्तीहरुमा पानीको सम्भाव्य स्रोतहरु टाढा हुनु, भएका श्रोतहरु सुक्दै जानु […]

पानी ट्यांकर जलेर क्षतिग्रस्त

पोखरा : पोखरा लेखनाथ महानगरपालिका १७ स्थित साङ्ग्रिला महतगौंडा मार्गअन्तर्गत विरुवा फाँटमा आज बिहान खानेपानीको एक ट्यांकर पल्टेर आगलागी हुँदा क्षतिग्रस्त भएको छ ।  खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग १ ख २८९६ नंको ट्याङकर बाटाबाट फेवा नहरमा खसेर आगलागी भएको थियो । ट्याङकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस्केको र गाडीभित्र च्यापिएका चालक र […]



Page 1 of 1112345...10...Last »