बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

आफ्नै घरमा चर्पी बनाउँदा पुरस्कृत भएपछि ललिता दंग

विनोद धौलागिरि, झापा गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी बनाउने पैसा । […]

हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, भुमिकास्थान नगरपालिकाको कार्यालय, गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोजराज अध्यक्ष, […]

जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव

सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? तर […]

यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण सरसफाइ उन्मुख लक्ष्य तोकेको हो । कार्यशालाले […]

… र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ? किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा […]

पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किनार भन्दा अलि माथिल्लो भागमा […]

जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने

काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ । सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्रस्तुतीकरण हुने साइन्टिफिक उपसमितिका […]

पहिले पहिले प्रौढ कक्षा, हिजोआज सरसफाइ शिक्षा

रुकुम : कुनै समय साँझ पर्न साथ किताब र पेन्सिल बोकेर प्रौढ कक्षा धाउने पूर्वी रुकुमको भूमे गाउँपालिकाकी शारदा मल्ल हिजो आज सरसफाइ शिक्षामा भाग लिनुहुन्छ । पहिले अक्षर चिनाउँथ्यो, लेख्न सिकाइन्थ्यो, अहिले लेख्न पढ्न नजान्नेलाई पनि एकै ठाउँमा राखेर सरसफाइ शिक्षा दिइन्छ । विद्यालय उमेर पढ्न नपाएका व्यक्तिहरुलाई साक्षर बनाउने उद्देश्यले पढाइने प्रौढ कक्षामा […]

सरसफाइको लक्ष्य पूरा भएन, अझै २ लाख ८२ हजार चर्पी बनाउन बाँकी

दिक्पाल गिरी, काठमाडौं आज मध्यरातबाट सन् २०१७ पूरा भई सन् २०१८ शुरु हुँदैछ । सरकारले सरसफाइमा गरेको वाचा पूरा गरेको भए नेपाल यत्तिबेला खुलादिसामुक्त देश भइसक्ने थियो । तर अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार देशभर २ लाख ८२ हजार ८०५ घरमा चर्पी […]

पिसाब मलले ६ महिनामा भित्र्यायो ११ लाख

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए । तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयालेका किसानले अहिले खेती प्रविधि […]



Page 1 of 41234