बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा

अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए ।   सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला सरसफाइमा बजारबासी, विभिन्न […]

यस्तै हुनुपर्ने हो दशगजा ? फोहोर फाल्न दुवै देशका नागरिकको होडबाजी

कपिलवस्तु : तपाई घुम्दै फिर्दै नेपाल – भारतको सीमाक्षेत्र दसगजामा पुग्नु भयो भने त्यहाँका सीमा स्तम्भहरु फोहोरले पुर्न लागेको अवस्थामा पाउनुहुनेछ । दुवै देशका नागरिकले दशगजा क्षेत्रलाई फोहोर फाल्ने ठाउँका रुपमा प्रयोग गर्दा यसक्षेत्रमा फोहोर थुप्रिएको हो । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट जस्तै बनेको छ । […]

पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किनार भन्दा अलि माथिल्लो भागमा […]

घरमा फोहोर बढेर हैरान हुनुहुन्छ ? इ एम को सहयोग लिनुहोस्

काठमाडौ : तरकारीको बोक्रा, फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत घरमा उत्पादन हुने धेरै जैविक फोहोरहरु बढेर तपाई हैरान हुनुहुन्छ होला ? कुहाएर मल बनाउ भने त्यसको गन्धले कोठा र आसपासको वातावरण नै दुर्गन्धित हुने सम्भावना, यत्तिकै राखौं नगरपालिकाको फोहोर लिन आउने गाडी समयमै नआउँदा त्यसै पनि फोहोर गन्हाउन थाल्छ । फोहोर खेर पनि नजाने, […]

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका लागि १ करोड ३० लाख रुपैयाँ लाग्ने

काठमाडौं : आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनका लागि १ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । सम्मेलनको तयारी अहिले सम्मको प्रगति र सम्मेलन सफलताका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सम्मेलन आयोजक समिति एवं सोफेनका अध्यक्ष रामद्धीप शाहले सम्मेलनका लागि आवश्यक रकम मध्ये अझै ७३ […]

जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने

काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ । सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्रस्तुतीकरण हुने साइन्टिफिक उपसमितिका […]

दमकमा जैविक फोहोरबाट वायोग्यास निकाल्ने अन्तिम तयारी

झापा : झापाको दमक नगरपालिकाले दैनिक उत्पादन हुने फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरेको छ । नगरपालिकाले फोहोरबाट उर्जा निकाल्ने विषयमा पहिलो चरणमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको छ । नगरपालिकाले सबै वडाका जनप्रतिनिधीहरुलाई समेत सहभागी गराएर वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको हो । अहिले दमकमा दैनिक २० टन फोहोर उत्पादन हुँदै […]

पिसाब मलले ६ महिनामा भित्र्यायो ११ लाख

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए । तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयालेका किसानले अहिले खेती प्रविधि […]

गाडीमा डस्टविन राख्ने नियम रिहर्सलमै सीमित, एक बर्ष हुँदा पनि कार्यान्वयनमा आएन

काठमाडौं : गाडीमा अनिवार्य डस्टविन राखी फोहोरजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने र सार्वजनिक गाडीको झ्यालबाट थुक्न र फोहोर फ्याँक्न नपाइने नियम रिहर्सलमै सीमित भएको छ । फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टविन अनिवार्य राख्नुपर्ने नियम एक बर्ष हुँदा पनि कार्यान्वयनमा नआएको हो । जथाभावी फोहोर फ्याँक्दा […]

धुलोका कारण पाइप बिच्छ्याउन बाँकी हुँदै सडक कालोपत्र शुरु

काठमाडौ : मेलम्चीको पाइप बिछ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको छ । […]



Page 1 of 212