बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

आफ्नै घरमा चर्पी बनाउँदा पुरस्कृत भएपछि ललिता दंग

विनोद धौलागिरि, झापा गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी बनाउने पैसा । […]

चर्पीदाता अर्थात् केदार कटुवाल : छोराको जन्म दिनमा समेत चर्पी नै उपहार

विनोद धौलागिरि, झापा झापाको कमल गाउँपालिका–१ का केदार कटुवालको पहिचान अहिले फेरिएको छ । अघिल्लो वर्षसम्म राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा चिनिने केदार कटुवाल अहिले चर्पी दाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अति विपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्ने मात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहिनलाई चर्पी बनाउने सामान […]

धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख

धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत यसको प्रभाव […]

हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, भुमिकास्थान नगरपालिकाको कार्यालय, गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोजराज अध्यक्ष, […]

जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव

सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? तर […]

भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा […]

यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण सरसफाइ उन्मुख लक्ष्य तोकेको हो । कार्यशालाले […]

भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने

अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।   वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला सहकारी, महिला शिक्षक र […]

दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन

कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभयो । शौचालय नभएका परिवारले खेत, सार्वजनिक […]

महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी गुरुङले बताउनुयो । सो ठाउँको १३ […]



Page 1 of 2412345...1020...Last »