बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

आफ्नै घरमा चर्पी बनाउँदा पुरस्कृत भएपछि ललिता दंग

विनोद धौलागिरि, झापा गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी बनाउने पैसा । […]

चर्पीदाता अर्थात् केदार कटुवाल : छोराको जन्म दिनमा समेत चर्पी नै उपहार

विनोद धौलागिरि, झापा झापाको कमल गाउँपालिका–१ का केदार कटुवालको पहिचान अहिले फेरिएको छ । अघिल्लो वर्षसम्म राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा चिनिने केदार कटुवाल अहिले चर्पी दाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अति विपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्ने मात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहिनलाई चर्पी बनाउने सामान […]

जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव

सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? तर […]

दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन

कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभयो । शौचालय नभएका परिवारले खेत, सार्वजनिक […]

महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी गुरुङले बताउनुयो । सो ठाउँको १३ […]

खुला ठाउँमा दिसा गर्नेलाई १५ किलोको माला

सप्तरी : राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ ।पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच […]

‘खोले’ शौचालय फेरि पुरानै अवस्थामा फर्किदै

कालिकोट : खुला दिसामुक्त जिल्ला घोषणा गर्ने बेला बनाएका चर्पी भत्किन थालेपछि कालिकोटमा ‘खोले’ चर्पी फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् । चर्पी भत्किएर प्रयोग गर्न लायकको नभएपछि पहिले जस्तै खोलाखोल्सीमा गएर दिसापिसाब गर्ने प्रवृत्ति फेरि देखिन थालेको हो । चर्पीमा पानी चाहिने र पानी नहाल्दा गन्हाउने भएपछि खोला खोल्सामा धाउन थालेका पलाँता गाउँपालिका वडा […]

खुला दिसापिसाब र फोहरले टोक्ला चिया बगानका मजदुर सधैं विरामी

अम्बिका भण्डारी, मेचीनगर, झापा कार्यस्थलमा चर्पी नहुँदा खुला दिसा पिसाब र फोहोरका कारण टोक्ला चिया बगानका मजदुर धमाधम बिरामी पर्न थालेका छन् । ‘दिसापिसाब गर्ने र काम गर्ने ठाउँ एउटै हो’, मजदुरहरुका नाइके दाहाल भन्नुहुन्छ ‘उनीहरुका खुट्टामा आएका घाऊ खटिरा देख्दा दया लाग्दो अवस्था छ, फोहरले गर्दा वर्षा याममा त हात खुट्टा नै पाक्छन् ।’ […]

झापाका स्थानीय तह, खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै

विनोद धौलागिरि, झापा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि बढाउन आक्रामक बन्दै गएका छन् । उनीहरुले चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्ने देखि खुल्ला ठाउँमा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्ने निर्णय गरेका छन् । ‘अहिलेसम्म खुल्ला दिसामुक्त अभियानका लागि वातावरण बनाउने र माहोल तताउने काम मात्र भैरहेको थियो, कचनकवल गाउँपालिका, वडा नं. ५ का […]

नहर किनारमा दिसा गर्न गएका यादवको कठ्याङ्ग्रिएर मृत्यु

राजविराज : सप्तरीको महदेवा गाउँपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको कठ्याङ्ग्रिएर ज्यान गएको छ । आज बिहान ५ वजेको समयमा नहर किनारमा दिसा गर्न गएका यादव चिसोले कठ्याङ्ग्रिएर अचानक ढल्नुभएको थियो । दिसा गरिरहेकै ठाउँमा ढलेका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमै ज्यान गएको महदेवा गाउँपालिका वडा नं. २ का अध्यक्ष अरुण यादबले […]



Page 1 of 1712345...10...Last »