बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

मुगुको माथितुम गाउँ छाउगोठमुक्त घोषणा

सञ्जु तिमिल्सिना, मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ माथितुम वस्तीलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । ३ नं. वडा कार्यालयको आयोजना तथा हिरिसडेक को सहजीकरणमा ५७ घरपरिवार रहेको माथितुम वस्तीलाई मंगलबार छाउगोठ मुक्त वस्ती घोषणा गरिएको हो ।   ‘छाउगोठमुक्त हाम्रो सान, लैंगिक असमानता हटाउने हाम्रो अभियान, लैगिक हिंसा विरुद्ध शुन्य सहनशीलता […]

जहाँको फोहोरलाई हवाईजहाज चढाएर काठमाडौ ल्याइन्छ

सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई हवाईजहाजबाट ढुवानी गरी काठमाडौं पु-याउने गरिएको छ । अहिलेसम्म ७ वटा उडान मार्फत सगरमाथा क्षेत्रमा उत्पादित १५ हजार २ सय २९ किलो फोहोरलाई हवाईजहाज मार्फत काठमाडौ पु-याइएको छ । फोहोर ढुवानीका लागि करिब १० लाख रुपैयाँ खर्च भएको तारा एयरलाइन्सका सहायक स्टेशन म्यानेजर अमृत मगरले जानकारी दिनुभयो । […]

फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा

अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए ।   सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला सरसफाइमा बजारबासी, विभिन्न […]

यस्तै हुनुपर्ने हो दशगजा ? फोहोर फाल्न दुवै देशका नागरिकको होडबाजी

कपिलवस्तु : तपाई घुम्दै फिर्दै नेपाल – भारतको सीमाक्षेत्र दसगजामा पुग्नु भयो भने त्यहाँका सीमा स्तम्भहरु फोहोरले पुर्न लागेको अवस्थामा पाउनुहुनेछ । दुवै देशका नागरिकले दशगजा क्षेत्रलाई फोहोर फाल्ने ठाउँका रुपमा प्रयोग गर्दा यसक्षेत्रमा फोहोर थुप्रिएको हो । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट जस्तै बनेको छ । […]

… र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ? किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा […]

छात्रा आफैले पैसा उठाएर किने सेनेटरी प्याड

ओखलढुंगा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा १२ मा रहेको जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु आफैले रकम उठाएर सेनेटरी प्याड किनेका छन् । विद्यालयमा आर्थिक स्रोत नभएपछि छात्राहरु आफैले रकम संकलन गरेर प्याड किनेका हुन् । छात्राहरु आफैले किनेको सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले बताउनुभयो […]

पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किनार भन्दा अलि माथिल्लो भागमा […]

महिनावारी भएको बेला दुई दिन बिदा दिनु पर्ने विद्येयक, लोकसभा संसदमा दर्ता

अरुणाञ्चल : भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन लोकसभा संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो । कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग […]

अपाङ्गता भएका विद्यार्थीलाई लुगा धुने मेसिन

उदयपुर : त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छात्रछात्राका लागि वासिङ्ग मेसिन प्रदान गरिएको छ । त्रियुगा नगरपालिका ११ का विमल श्रेष्ठले त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लुगा धुन सहज होस् भन्ने उद्देश्यले वासिङ मेसिन प्रदान गरिएको हो । श्रेष्ठले करिब ४० हजार रुपैयाँ पर्ने मेसिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको उपस्थितिमा विद्यालयलाई […]

घरमा फोहोर बढेर हैरान हुनुहुन्छ ? इ एम को सहयोग लिनुहोस्

काठमाडौ : तरकारीको बोक्रा, फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत घरमा उत्पादन हुने धेरै जैविक फोहोरहरु बढेर तपाई हैरान हुनुहुन्छ होला ? कुहाएर मल बनाउ भने त्यसको गन्धले कोठा र आसपासको वातावरण नै दुर्गन्धित हुने सम्भावना, यत्तिकै राखौं नगरपालिकाको फोहोर लिन आउने गाडी समयमै नआउँदा त्यसै पनि फोहोर गन्हाउन थाल्छ । फोहोर खेर पनि नजाने, […]



Page 1 of 2412345...1020...Last »