बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

जहाँको फोहोरलाई हवाईजहाज चढाएर काठमाडौ ल्याइन्छ

सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई हवाईजहाजबाट ढुवानी गरी काठमाडौं पु-याउने गरिएको छ । अहिलेसम्म ७ वटा उडान मार्फत सगरमाथा क्षेत्रमा उत्पादित १५ हजार २ सय २९ किलो फोहोरलाई हवाईजहाज मार्फत काठमाडौ पु-याइएको छ । फोहोर ढुवानीका लागि करिब १० लाख रुपैयाँ खर्च भएको तारा एयरलाइन्सका सहायक स्टेशन म्यानेजर अमृत मगरले जानकारी दिनुभयो । […]

फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा

अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए ।   सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला सरसफाइमा बजारबासी, विभिन्न […]

यस्तै हुनुपर्ने हो दशगजा ? फोहोर फाल्न दुवै देशका नागरिकको होडबाजी

कपिलवस्तु : तपाई घुम्दै फिर्दै नेपाल – भारतको सीमाक्षेत्र दसगजामा पुग्नु भयो भने त्यहाँका सीमा स्तम्भहरु फोहोरले पुर्न लागेको अवस्थामा पाउनुहुनेछ । दुवै देशका नागरिकले दशगजा क्षेत्रलाई फोहोर फाल्ने ठाउँका रुपमा प्रयोग गर्दा यसक्षेत्रमा फोहोर थुप्रिएको हो । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुवै देशको फोहोर फाल्ने डम्पिङ साइट जस्तै बनेको छ । […]

पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किनार भन्दा अलि माथिल्लो भागमा […]

अपाङ्गता भएका विद्यार्थीलाई लुगा धुने मेसिन

उदयपुर : त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छात्रछात्राका लागि वासिङ्ग मेसिन प्रदान गरिएको छ । त्रियुगा नगरपालिका ११ का विमल श्रेष्ठले त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लुगा धुन सहज होस् भन्ने उद्देश्यले वासिङ मेसिन प्रदान गरिएको हो । श्रेष्ठले करिब ४० हजार रुपैयाँ पर्ने मेसिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको उपस्थितिमा विद्यालयलाई […]

घरमा फोहोर बढेर हैरान हुनुहुन्छ ? इ एम को सहयोग लिनुहोस्

काठमाडौ : तरकारीको बोक्रा, फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत घरमा उत्पादन हुने धेरै जैविक फोहोरहरु बढेर तपाई हैरान हुनुहुन्छ होला ? कुहाएर मल बनाउ भने त्यसको गन्धले कोठा र आसपासको वातावरण नै दुर्गन्धित हुने सम्भावना, यत्तिकै राखौं नगरपालिकाको फोहोर लिन आउने गाडी समयमै नआउँदा त्यसै पनि फोहोर गन्हाउन थाल्छ । फोहोर खेर पनि नजाने, […]

दमकमा जैविक फोहोरबाट वायोग्यास निकाल्ने अन्तिम तयारी

झापा : झापाको दमक नगरपालिकाले दैनिक उत्पादन हुने फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरेको छ । नगरपालिकाले फोहोरबाट उर्जा निकाल्ने विषयमा पहिलो चरणमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको छ । नगरपालिकाले सबै वडाका जनप्रतिनिधीहरुलाई समेत सहभागी गराएर वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको हो । अहिले दमकमा दैनिक २० टन फोहोर उत्पादन हुँदै […]

भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई बेग्लाबेग्लै दिनमा उठाउन थाल्यो

भक्तपुर : भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिनमा संकलन गर्न थालेको छ । नगरपालिकाले आइतबार, मंगलबार र विहीबार नकुहिने फोहोर मात्र संकलन संकलन गर्न थालेको हो । यस्तै सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहोर संकलन गर्न थालेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले कुहिने र नकुहिने फोहोरमैला संकलन […]

जैविक फोहोरबाट नवलपरासीमा खाना पकाउने ग्यास उत्पादन सुरु

नवलपरासी : नवलपरासीमा जैविक फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु गरिएको छ । नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रा.लि. ले खाना पकाउने ग्यास उत्पादन गर्न थालेको हो । स्थानीय स्तरमै पाईने गाईभैंसीको गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने जैविक फोहोरबाट ग्यास उत्पादन गरिएको उद्योग संञ्चालक सन्दीपकुमार अग्रवालले बताउनुभयो । उहाँका अनुसार अहिले […]

सरसफाइकर्मीले लगाए अमरगढी नगरपालिकामा ताला

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्दै आएको सरसफाइकर्मीले फोहोरको ट्रयाक्टर कार्यालय अगाडि पार्किङ गरी मुख्य गेट लगायत कार्यालयमा ताला लगाएका छन् । नगपालिकाका नगरप्रमुख र उपप्रमुख जिल्ला बाहिर रहेका बेला डडेल्धुरा सदरमुकाम, बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका सरसफाइकर्मीले ताला लगाएका हुन् । महिनौसम्म तलब नपाएको झोंकमा उनीहरुले […]



Page 1 of 1912345...10...Last »