बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

मुगुको माथितुम गाउँ छाउगोठमुक्त घोषणा

सञ्जु तिमिल्सिना, मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ माथितुम वस्तीलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । ३ नं. वडा कार्यालयको आयोजना तथा हिरिसडेक को सहजीकरणमा ५७ घरपरिवार रहेको माथितुम वस्तीलाई मंगलबार छाउगोठ मुक्त वस्ती घोषणा गरिएको हो ।   ‘छाउगोठमुक्त हाम्रो सान, लैंगिक असमानता हटाउने हाम्रो अभियान, लैगिक हिंसा विरुद्ध शुन्य सहनशीलता […]

… र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ? किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा […]

छात्रा आफैले पैसा उठाएर किने सेनेटरी प्याड

ओखलढुंगा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा १२ मा रहेको जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु आफैले रकम उठाएर सेनेटरी प्याड किनेका छन् । विद्यालयमा आर्थिक स्रोत नभएपछि छात्राहरु आफैले रकम संकलन गरेर प्याड किनेका हुन् । छात्राहरु आफैले किनेको सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले बताउनुभयो […]

महिनावारी भएको बेला दुई दिन बिदा दिनु पर्ने विद्येयक, लोकसभा संसदमा दर्ता

अरुणाञ्चल : भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन लोकसभा संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो । कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग […]

महिनावारी हुँदा शौचालय प्रयोग गर्न वञ्चित

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ कोटी गाउँका महिलाले अझै पनि महिनावारी हुँदा शौचालय प्रयोग गर्न पाउँदैनन् । कोटिगाउँमा रहेका करिब ५ सय घर परिवारका महिलाले महिनावारी भएको बेला खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको पुस्पा बिस्टले बताउनुभयो । महिनावारी भएकाले शौचालयमा दिसापिसाब गर्दा शौचालय नै छोइन्छ भन्ने गलत धारणाले महिनावारी भएको समयमा […]

वेदकोटलाई छाउपडीमुक्त घोषणा गर्न छाउगोठ भत्काईदै

कन्चपुर : कन्चपुरको वेदकोट नगरपालिकामा झण्डै पचास वटा छाउगोठ भत्काइएको छ । वडा कार्यालयको समन्वयमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले वेदकोटको वडा नं. १ र २ को छाउगोठ भत्काएको हो । वडा नं. १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएको केन्द्रकी अध्यक्ष सीता बोहराले बताउनुभयो । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासँग जनचेतनामूलक […]

छाउपडी त्यागेका ९ जना महिला सम्मानित

बझाङ : बझाङको तलकोट गाउँपालिका १ बेडालाकी प्यारी देवी बमले जिन्दगीको ३५ औं बसन्त हरेक महिनाको ७ दिन गोठमै बसेर बिताउनुभयो । लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निन्छन् ।   घर बाहिर बस्दा चिसो लाग्ने, विरामी हुने, सर्प तथा विच्छीले डस्ने र बलात्कार समेत हुने डर र छाउपडी विरुद्धको […]

दाताले बनाएको शौचालय छाउगोठमा परिणत

डोटी  : डोटीको पूर्वीचौकी गाउँपालिका – ७ गजेडामा निर्मित अधिकांश पक्की शौचालय छाउगोठमा परिणत भएका छन् । दाताले बनाएको शौचालयलाई दिसापिसाब गर्न प्रयोग गर्नुको साटो गाउँलेले छाउगोठका रुपमा प्रयोग गर्न थालेका हुन् । पक्की शौचालयको प्यान सेटमा काठ विछ्याउने र कतै कतै माटो विछ्याएर महिनावारी हुँदा बस्ने गोठ बनाउन थालेका छन् । महिनावारी भएको बेला […]

हामीले भोट दियौं अब छाउपडी प्रथा हटाइदिनुपर्छ : अछामका महिला मतदाता

अछाम : मीनादेवी खड्का महिनावारी हुँदा पनि घरमै बस्नुहुन्छ । अछामको मेल्लेख गाउँपालिका ६ का मीना घरमै बसेपछि गाउँलेले भने उहाँ विरुद्ध अनेकथरि कुरा गर्थे । उहाँको श्रीमान कुल बहादुर खड्का शिक्षक हुनुहुन्छ । उहाँका श्रीमान्ले पनि मीनालाई सधैं घरभित्रै बस्न प्रेरित गर्नुहुन्थ्यो । तर श्रीमती घरमै बस्दा गाउँका मान्छेले भने नराम्रो दृष्टिकोणले हेर्थे । […]

छोराले दिएको आँटले लक्ष्मीले यसरी त्यागिन् छाउपडी प्रथा

मुगु : छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा भाग लिएको दुई दिन मात्र भएको थियो । घर फर्केको दोस्रो दिनमै महिनावारी भएपछि मुगु सुकाढीककी लक्ष्मी कार्कीको छाउपडी त्याग्ने बाचा खेर गयो । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो । तालिममा सहभागी सबै महिलाले […]



Page 1 of 41234