बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

स्थानीय सरकार प्रमुख ज्यूहरु, खुवी छ भने खुल्ला दिसामुक्त गरेर देखाउनुहोस्

विनोद धौलागिरि नेपालमा अहिले समृद्धिको बहस चलिरहेको छ । समाजवाद उन्मुख अर्थतन्त्रतर्फ अबको सरकार केन्द्रित हुनेछ भन्ने सन्देश राष्ट्रपतिले दिनुले पनि अबको राजनीतिक समाजवाद उन्मुख हुनेछ र अर्थतन्त्रले यही राजनीतिक परिवर्तनलाई मजबूतीकरण गर्नेछ भन्ने कल्पना सम्म गर्न सकिन्छ । चिन्तक कार्ल माक्र्सले उत्पादन प्रणालीलाई आधार संरचना मान्छन् भने राजनीति, कला, साहित्य, धर्म, शिक्षा, मूल्य, मान्यता, […]

चर्पी बनाउन नसक्दा दुर्गीको आँखाबाट चुहेको आँशु

मनिसा कार्की, युम्स, सिरहा चर्पी सबैका लागि चाहिन्छ । झनै अपाङ्गता भएका व्यक्तिहरुका लागि चर्पीको महत्व अझ बढी हुन्छ । यो विषयमा म आफैले साक्षात्कार गरेपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि चर्पी र अझ अपाङ्गतामैत्री चर्पी किन आवश्यक छ भन्ने कुरा राम्ररी बुझ्न पाएँ । खासमा इनारको विषयमा बुझ्न गएको हाम्रो टोलीले त्यहाँ एक जना अपाङ्गता […]

लक्ष्य भित्र खुल्ला दिसामुक्त घोषणा गर्न किन असफल भयो झापा ?

अहिलेसम्म पनि स्थानीय निकायका कर्मचारी, राजनीतिक अगुवा, शिक्षक र स्वास्थ्य स्वयंसेविकाकै घरमा चर्पी नबनेको फेहरिस्त प्रस्तुत गर्दै शर्माले प्रतिप्रश्न गर्नुभयो, “कुरा स्वर्ग जाने गरियो, तर बाटो नर्कको हिडियो, कसरी पुगिन्छ लक्ष्यमा ?”

सके सफा गरौं, नसके फोहोर नगरौं

यतिखेर काठमाडौँमा हृदयाघात र क्यान्सरको प्रकोप फैलिँदो छ । हृदयाघात पनि पहिलेजस्तो मोटा मानिस वा उमेर पुगेका मात्रमा सीमित छैन, दुब्ला–पातला या युवालाई बढी झम्टिँदैछ । फेरि पहिलेजस्तो हृदयाघात भएर अस्पताल पुर्‍याउन सकिनेगरी यसले छुँदैन । चिकित्सकको भाषामा यो कडा खालको (सिभियर) छ र यसले मुटुमा आक्रमण गरेको केही मिनेटमै ऐया पनि भन्न नपाई लैजान्छ […]

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव श्रेष्ठको सन्देश : बाटो हगुवाको देश भनेर लागेको कलंक मेटायौं’

विश्व यत्तिबेला सन् २०१८ को पूर्व सन्ध्यामा छ अर्थात यो महिना सन् २०१७ को अन्तिम महिना हो । सन् २०१७ सम्ममा देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने नेपालको लक्ष्य अन्ततः पूरा नहुने भएको छ । यद्यपि नेपालले सरसफाइमा गरेको प्रगति विश्वकै लागि अनुकरणीय छ । करिब २७ बर्षको अवधिमा नेपालले सरसफाइको आंकडा उल्टो बनाईदिएको छ । […]

कमजोर समन्वय, फितलो रणनीतिका कारण खुलादिसामुक्त घोषणाको मिति टर्दै

देशलाई सन् २०१७ को अन्तसम्ममा खुल्ला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य भए पनि यसको स्पष्ट सन्देश स्थानीय रिङ उत्पादक कहाँ पुग्न सकेको देखिदैन । झापा जिल्लालाई सन् २०१५ भित्रै खुल्ला दिसामुक्त गर्ने योजना बनाई स्थानीय स्तरमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन र अभिमुखीकरण सञ्चालन गरेको भए पनि अभियानले सघनता पाउन नसकेपछि जिल्ला खुल्ला […]

सरसफाइमा बिद्यालय र समुदायको भूमिका

सरसफाई भन्नाले मानवजातिको दिसा तथा पिसावलाई व्यवस्थित तथा सुरक्षित रुपमा बिसर्जन गर्नुका साथै चर्पी निर्माण र त्यसको उचित प्रयोग हुने शैलीलाई प्रबद्र्धन गर्नुलाई बुझिन्छ । यसो गर्नाले दिसाको माध्यमबाट हुने र सर्ने खालका रोगमा कमी हुनुका साथै मानिसको आर्थिक तथा सामाजिक प्रतिष्ठामा समेत बृद्धि भएको मानिन्छ । सामान्यतय: सरसफाइलाई बाँडेर हेर्दा व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ […]

अपर्याप्त बन्दै सरसफाइ प्रवर्द्वनको आपूर्ति पक्ष

झापा, विनोद धौलागिरि :  नेपाल सरकारले प्रतिवद्धता गरे अनुरुप राष्ट्रलाई खुल्ला दिसामुक्त घोषणा गर्न अब २९ दिन मात्र बाँकी छ । यस अवधिमा झापा जिल्लामा अझै पनि ३१ हजार ७ सय ६८ घरायसी चर्पी निर्माण गर्न बाँकी छ । चर्पीको तथ्यांक जति नै बाँकी रहेको देखिए पनि संस्थागत र सार्वजनिक शौचालयलाई अलग गर्ने हो भने एक […]

पानीको लागि गरिएको पुकार भगवानले सुनेपछि…..

सिन्धुपाल्चोक : ‘भाँडा माझ्दै हुनुहुन्छ दिदी ?’ एकनाशले भाँडा माझिरहनुभएकी चन्द्र कुमारी खनाल झस्किनुभयो, केही बोल्नुभएन । आ !! सजिलो भएछ नि है भाँडा माझ्न त ?’ मैले यत्ति मात्र के भनेको थिएँ, उहाँले बिगतमा भोगेको समस्या देखि अहिले भएको सहजताका सबै बेलिविस्तार लगाउन थाल्नुभयो । ‘खानेपानीको लागि यत्ति सजिलो होला भन्ने त हामीलाई लाग्दै […]

सरसफाइमा उज्यालिदो तराई मधेश

अभियानका प्रयासहरु र अवस्था सन् २०१३ सम्म नेपालको सरसफाइ औसत ६१ प्रतिशत हुँदा तराइका जिल्लाहरुको सरसफाइको औसत अवस्था ३० प्रतिशतको हाराहारीमा थियो । तराइ मधेशलाई सरसफाइमा पछाडि परेको क्षेत्र भनिन्थ्योे । यत्रतत्र खुला दिसा व्याप्त थियो । सरसफाइका अभियन्ताहरु यस क्षेत्रलाई सरसफाइको कालो क्षेत्र भन्थे ।



Page 1 of 3123