बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

खुला दिसामुक्त राष्ट्र बनाउन के कुराले रोक्यो ? वास सम्बादमा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठ

सन् २०१७ भित्र सबै नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउने सरकारको लक्ष्य अन्ततः पूरा हुन सकेन । पाँच प्रतिशत नेपालीले चर्पी नबनाउँदा सरकारले तोकेकै समयमा लक्ष्य पूरा गर्न नसकेको हो । ‘हात्ती छिर्यो पुच्छर अड्कियो’ यो नेपाली उखान जस्तै भएको छ नेपालको सरसफाइ अभियान । नेपाललाई खुलादिसामुक्त राष्ट्र बनाउन के कुराले रोक्यो ? सरसफाइ […]

नयाँ घरमा शौचालयको ग्यारेन्टीका लागि के छ प्रावधान ? वास संवादमा पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल

२०७२ सालको भूकम्पले भत्किएका घर सरकारी अनुदानमा धमाधम पुनर्निर्माण भइरहेको छ । भूकम्प प्रभावित ३१ जिल्लाका ९ लाख ९६ हजार १ सय ६२ घरको सर्वे गरिएकोमा ७ लाख ६७ हजार ७ सय ५ घर लाभग्राही सूचीमा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारी अनुदान पाउन योग्य घर मध्ये ७१ हजार ९ सय ६२ घर […]

नदीमा चर्पीको ढल मिसाइदा खुला दिसामुक्त घोषणा प्रभावित – अध्यक्ष तामाङ

नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना सफल नहुने देखिएको छ । दश गाउँपालिका र २ नगरपालिकालाई असोज ११ गतेभित्रै खुला दिसामुक्त घोषणा गरिसक्ने गरी नुवाकोटका वास एजेन्सीहरुले बनाएको योजना मुताविक काम हुन नसकेपछि जिल्लालाई नै खुला दिसामुक्त गर्ने योजना प्रभावित हुने भएको हो । असोज महिना सकिन १० दिन मात्र बाँकी हुँदा […]

ताजा मल गाडीको पाङ्ग्रामा लत्पतिन छाडेको छ : डिभिजन प्रमुख झा

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका डिभिज्नल इञ्जिनियर देवेन्द्र कुमार झा हालै निजामति सेवा पुरस्कारबाट सम्मानित इन्जिनियर हुनुहुन्छ । १४ औं निजामति दिवसको अवसरमा ३० जना निजामति कर्मचारी निजामति सेवा पुरस्कारबाट सम्मानित भए पनि खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतका निकायबाट उहाँलाई मात्र निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो । त्यस अघि उहाँलाई नेपाल इन्जिनियर्स एशोसियसनले […]

फोहोर फाल्ने होइन, पाल्ने वस्तु हो – वातावरणविद तुलाधर

काठमाडौ उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिएपछि काठमाडौमा फोहोर थुप्रिएको छ । हप्तौंदेखिको फोहोर शहरका मुख्य चोक, गल्ली र सडकमा थुप्रिदा शहर दुर्गन्धित भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले अहिले मात्र होइन, हरेक बर्ष कुनै न कुनै कारण देखाउँदै फोहोर व्यवस्थापनमा अवरोध पु-याउँदै आएको छ । काठमाडौ उपत्यका […]

सप्तरीमा ३५ हजार स्यालो ट्यूबवेलमा क्षति – डिभिजन प्रमुख यादव

देशभर हालै आएको बाढी र पहिरोबाट झण्डै १ सय २० जनाले ज्यान गुमाएका छन् । कोही अझै हराइरहेका छन् । बाढी र डुबानबाट सबै भन्दा बढी पूर्वी तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा तथा पर्साले क्षति व्यहोरेको छ । बाढी तथा डुबानका कारण कयौंको बास खोसिएको छ । घर फर्केर जाँदा […]

निर्देशिका संशोधनले नगद अभावमा खानेपानीबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरेको छ : सचिव उपाध्याय

सरकारले सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ संशोधन गरेपछि मानव विकास सूचकाङ्क कम भएका जिल्लाका उपभोक्ताले कुल लागतको २५ प्रतिशत व्यहोरे पुग्ने भएको छ । यसअघि आयोजनाको कुल लागतको कम्तिमा ३० प्रतिशत उपभोक्ता संस्थाले र ७० प्रतिशत सरकारले लगानी गर्ने प्रावधान थियो । उपभोक्ता संस्थाले लगानी गर्नुपर्ने २५ प्रतिशत मध्ये कम्तिमा ३ प्रतिशत लगानी नगदमै […]

सहश्राब्दी विकास लक्ष्य पूरा नहुनुमा सरकारी निकाय जिम्मेवार — डा. सुदनराज पन्थी

नेपालले सरसफाइमा विश्वमै अनुकरणीय काम गरिरहेको दाबी गरिरहँदा सरसफाइमा राखेको सहश्राब्दी विकास लक्ष्य समेत पूरा नगरेको पाइएको छ । सरकारले खानेपानी आपूर्तिमा सहश्राब्दी विकास लक्ष्य पूरा गरेपनि सरसफाइमा पूरा गर्न नसकेको हो । स्न २०१५ भित्र सरसफाइमा ५३ प्रतिशत प्रगति हासिल गर्ने सरकारको लक्ष्य थियो । सन् २०१५ मा नेपालले ६२ प्रतिशत घरमा सरसफाइ सुविधा […]

सिरहा जेठ महिना भित्रै खुला दिसामुक्त घोषणा हुन्छ : डिभिजन प्रमुख कुशवाहा

   सिरहा जिल्लाले सरसफाइ गुरुयोजना २०६८ अनुरुप कार्य गर्दै आएको छ । २०६९ असार सम्ममा १८ प्रतिशतमा सीमित सिरहाको सरसफाइको कभरेज २०७० मा २१ प्रतिशत, ०७१ मा २७ प्रतिशत, ०७२ मा ४७ प्रतिशत, ०७३ मा ६२ प्रतिशत हुदै अहिले ८२ प्रतिशत पुगेको छ । सरसफाइ गुरुयोजनाले पनि सिरहा जिल्लाको सरसफाइको अवस्था सन् २०१६ को अन्त्यसम्म […]

सरसफाइमा राखेको वाचा तोकिएकै समयमा पूरा हुन्छ : उप महानिर्देशक घिमिरे

सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएको पाँच बर्षमा देशका ३८ जिल्ला खुल्ला दिसामुक्त भएका छन् । भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुला गरी ६ जिल्ला खुल्ला दिसामु्क्त घोषणा गर्ने तयारीमा छन् । ११ जिल्लाको सरसफाइ प्रगति पनि ९० प्रतिशत भन्दा माथि पुगेको छ । २० जिल्लाको अवस्था भने ५१ र ८२ प्रतिशतको बीचमा छ । सन् […]