ढुंगेधारा र कुवा संरक्षणका लागि गाउँपालिकाले पहल थाल्यो

 

बझाङ : बझाङ जिल्लाभर परम्परागत धारा पँधेरा र कुवा लोप हुने खतरा बढ्दै गएपछि छबिसपाथी भेरा गाउँपालिकाले यस्ता ढुंगेधारा, कुवा र पँधेराको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले गत आर्थिक बर्षदेखि बजेट नै छुट्याएरै गाउँपालिका भित्रका सबै वडा, टोल, बस्तीमा रहेका परम्परागत कुवा र ढुंगे धाराको पुनर्निर्माणमा सक्रियता देखाएको हो ।

गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले आजकाल खानेपानीका योजनाले यस्ता प्राचिन कुवा पँधेरा बिस्थापित हुने अवस्था आएकाले गाउँपालिकाले मौलिक पँधेरा जोगाउने अभियान नै चलाउन लागेको बताउनुभयो । ।

गाउँपालिकाले धारा पधेंरा संरक्षणका लागि सोही अनुसार बजेट बिनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाभित्रका झण्डै एक दर्जन कुवा, पँधेराको संरक्षण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष धामीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार