मोरङ ६६ औं खुला दिसामुक्त जिल्ला घोषणा

मोरङ : प्रदेश १ को मोरङ जिल्लालाई पूर्ण साक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । प्रदेश १ को अस्थायी राजधानी समेत रहेको मोरङलाई एकैसाथ पूर्ण साक्षर तथा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले मोरङलाई पूर्ण साक्षर एवं ६६ औं खुला दिसामुक्त जिल्ला गर्नुभएको हो ।

मोरङले ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले पूर्णसाक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दीर्गध्वज चापागाइँले जानकारी दिनुभयो । पूर्ण साक्षर घोषणा भएको जिल्लामा मोरङ ५१औं तथा खुला दिसामुक्त घोषित जिल्लामा ६६ औं स्थानमा परेको छ ।

खुला दिसामुक्त घोषणा गर्ने मिति तोक्दै सार्दै आएको मोरङमा दुई लाख दुई हजार ८०० घरमै सुरक्षित शौचालयको पहुँचमा पुगेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) ले जनाएको छ । अब पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप अघि बढाइने डिवाससीसी मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार