पानी पर्खिदै बित्यो दुई पुस्ता, साउनमा पनि पानीको हाहाकार

 

बुटवल : साउन महिना पानीको मूल फुटने समय हो । हिउँदमा सुकेका मूल असार लागेपछि रसाउन थाल्छन् । यहाँ भने मध्य साउनमा पनि खानेपानीको हाहाकार छ । धारामा नियमित पानी आउँदैन । आउँदा पनि पर्याप्त हुँदैन ।

बुटवल उपमहानगरका दीपनगर, सुक्खानगर, देवीनगर, चाँदबारीमा पानीको धेरै अभाव छ । ‘धारामा कहिले पानी आउँछ टुंगो हुन्न,’ सुक्खानगरकी राधिका थापाले भनिन्, ‘बाह्रैमास पानी भर्न तीनकुने चोकको बोरिङमा जानुपर्छ ।’

सुक्खानगरको एभरेस्ट बोर्डिङ स्कुलनजिकैको उनको घरबाट तीनकुने पुग्न करिब २० मिनेट लाग्छ । स्कुलकी शिक्षिका उनी प्रत्येक दिन साँझ पानी लिन जाने गरेको बताउँछिन् । ‘एक–दुई घरमा होइन, टोलमै समस्या छ,’ उनले भनिन्, ‘यति ठूलो सहरमा वर्षौंदेखि पानीको चर्को समस्या छ ।’ घरमा पानी नआएपछि बुटवल–९, दीपनगरकी सीता भट्टराईको दैनिकी पनि कष्टकर बनेको छ । यो खबर कान्तिपुरमा छ ।

पश्चिम नवलपरासीको बर्दघाटकी उनले ६ वर्षअघि ९० लाख रुपैयाँ खर्च गरेर यहाँको आम्दा लाइनमा दुईतले घर किनेकी थिइन् । पानी अभाव साह्रै भएपछि अहिले घर बेच्न लागेको सुनाइन् । ‘ट्याकीमा पानी नचढेपछि पाँच वर्ष पहिले घरबाहिर खाडल खनेर पानी भर्ने बनाएकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँ पनि नियमित आएन । अहिले तीनकुने बोरिङमा जान्छु ।’

बोरिङ र उनको घर आधा घण्टाको दूरीमा छ । ‘टाढा भएकाले दुईरतीन दिन बिराएर जान्छु,’ उनले भनिन्, ‘साह्रै दुःख छ । अटोरिक्सामा लोड गरेर पानी ल्याउँछु ।’ धारामा पानी नचढेपछि दीपनगर, शिवनगर लगायतका सबैका घरअगाडि खाडल खनेर पानी भर्ने धारा बनाइएका छन् । यो नियमविपरीत हो । तैपनि, नियमित खानेपानी दिन नसकेको खानेपानी संस्थानले केही गरेको छैन ।

बुटवल उपमहानगरपालिकामा मात्र दैनिक ३ करोड ५० लाख लिटर पानीको माग छ । बर्सेनि १० देखि १५ लाख लिटरका दरले माग बढिरहेको छ । खानेपानी संस्थानले तिनाउ र १९ वटा भूमिगत पानीका स्रोतबाट दैनिक २ करोड ७५ लिटर पानी आपूर्ति गरिरहेको छ । जति गर्मी बढदै गयो, त्यति नै खानेपानीको माग बढ्ने गर्छ ।

उपभोक्तालाई वितरण गरिने पानी भने घटदै छ । यसले दैनिकी कष्टकर हुने गरेको हो । अभाव टार्न विभिन्न खानेपानी आयोजना सुरु भएका थिए । ती पूरा नहुँदै अलपत्र परेका छन् । यहाँ २४ वर्षअघि पाल्पाबाट खानेपानी ल्याउने आयोजना सुरु गरिएको थियो । त्यसको मुहान करिब १५ किलोमिटर टाढा तिनाउ गाउँपालिकास्थित झुम्सामा रहेको छ । खानेपानी संस्थान, स्थानीय बासिन्दा र सरोकारवालाबीच समन्वय नहुँदा उक्त आयोजना अलपत्र परेको छ ।

यस अवधिमा पाल्पाबाट पानी ल्याउन तीनवटा आयोजना सुरु भएका थिए । अहिलेसम्म कुनैमा पनि सफलता मिलेको छैन । १७ करोड रुपैयाँ खर्च भइसकेका दुई आयोजना अलपत्र छन् । दोस्रो आयोजना ब्युँताउन सञ्चालन गरिएको तेस्रो पनि कागजमा सीमित छ । सबैभन्दा पहिला आर्थिक वर्ष ०५२र५३ मा सिस्ने–बुटवल खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको साबिक दोभान गाविसबाट दैनिक ५० लाख लिटर खानेपानी ल्याउने योजना थियो ।

उक्त आयोजना पाँच वर्षभित्र पूरा गर्ने सम्झौता थियो । साढे तीन करोड रुपैयाँ खर्च भएपछि त्यो अलपत्र छ । खानेपानी संस्थानले खरिद गरेका पाइपमा खिया लागेका छन् । तत्कालीन बुटवल नगरपालिकाका प्रमुख तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएसँगै आयोजना अलपत्र परेको बताए ।

‘खानेपानी संस्थानले बजेट विनियोजन गर्‍यो तर फिल्डमा गर्नुपर्ने जिम्मेवारी पूरा गरेन,’ उनले भने, ‘दलीय प्रतिबद्धता र स्थानीयको विश्वास नजित्दा पनि आयोजना अलपत्र परेको हो ।’ खानेपानी संस्थानले हाइड्रोपावरका कारण आवश्यक पानी नपुग्ने भएकाले उक्त आयोजना सुरु गर्न नसकेको दाबी गरेको छ । पूरा गर्ने सम्झौता थियो । १० वर्षअघि सुरु उक्त आयोजना पनि अलपत्र छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार