चिनियाँ कम्पनी सिनो हाइड्रोले पायो मेलम्चीको बाँकी काम गर्ने ठेक्का

काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। ऋणदाता एसियाली विकास बैंक (एडिबी) ले सिनो हाइड्रोलाई ठेक्का दिन स्वीकृति दिएसँगै समितिले सिनो हाइड्रोसँग सम्झौता गर्ने भएको हो । मेलम्ची खानेपानी विकास समितिले सिनो हाइड्रोलाई पर्फर्मेन्स ग्यारेन्टी सहित सम्झौता गर्न आउन अनुरोध गरिसकेको छ ।

मेलम्चीको हेडवर्क्स र सुरुङ निर्माण गर्न सबैभन्दा कम रकम कबोल गरेकाले सिनो हाइड्रोलाई ठेक्का दिइएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले बताउनुभयो । ।

प्रमुख कँडेलका अनुसार सिनो हाइड्रोले अन्य कम्पनीले भन्दा कम रकम कबोल गरेकाले उसलाई ठेक्का परेको हो। सिनो हाइड्रो हेडवर्क्स ९० करोड र सुरुङको काँकी काम ७५ करोड रुपैयाँमा गर्न तयार भएको हो । मेलम्ची खानेपानी आयोजनाले हेडवर्क्स निर्माणको लागि एक अर्ब १२ करोड र सुरुङको बाँकी काम सम्पन्न गर्न ९५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणको लागि प्राविधिक मूल्यांकनमा छनोट भएको चिनियाँ कम्पनी सिनो हाइड्रोको नाममा स्वीकृति माग्दै दुई साताअघि एसियाली विकास बैंक (एडिबी) मा पत्र पठाएको थियो। एडिबीले गत साता सिनो हाइड्रोको नाममा सहमति दिएको थियो। बोलपत्र अनुसार अब ठेकेदार कम्पनीले २८ दिनभित्र ठेक्का सम्झौता गरिसक्नुपर्नेछ ।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणको लागि प्राविधिक मूल्यांकनमा छनोट भएको चिनियाँ कम्पनी सिनो हाइड्रोको नाममा स्वीकृति माग्दै दुई साताअघि एसियाली विकास बैंक (एडिबी)  मा पत्र पठाएको थियो। एडिबीले गत साता सिनो हाइड्रोको नाममा सहमति दिएको थियो। बोलपत्र अनुसार अब ठेकेदार कम्पनीले २८ दिनभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने हुन्छ। आयोजना प्रमुख कँडेलले सिनो हाइड्रोलाई जतिसक्दो छिटो सम्झौता गर्न अनुरोध गरेको बताए।

करिब ९७ प्रतिशत काम सम्पन्न भए पनि गत पुस २ गते साबिकको ठेकेदार सिएमसीले छाडेर हिँडेसँगै मेलम्ची आयोजना अलपत्र परेको थियो। आयोजनाका अनुसार सात सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। मेलम्चीको हेडवर्क्स, भेन्टिलेटर साफ्ट, स्कोडा मेसिन लगायत प्राविधिक काम गर्न बाँकी छ। आयोजनाका अनुसार मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार