नगरपालिकामै खानेपानी पाईपको यस्तो हालत

 

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बजारमा खानेपानी ल्याइएको आयोजनाको एउटा एफआरसीबाट वितरण गरिएको पाइप छरपष्ट अवस्थामा छन् । खानेपानी आयोजनालाई दिगो रुपमा प्रयोग गर्नका लागि पाइप कम्तिमा ३ फिट गहिरो खनेर पुर्नु पर्ने भए पनि खुल्ला छाडिएका कारण आगलागीबाट पाइप लाइनमा क्षति पुग्न सक्छ ।

असरल्ल छरिएका पाइपले नगरपालिकाको शोभा समेत घटाएको छ । एउटै एफआरसी र अन्य व्यक्तिगत रुपमा पानी ल्याइएको पाइप समेत गर्दा एकै ठाउँमा ३० भन्दा बढी पाइप छरपष्ट अवस्थामा छन् । यसको सुधार खै कस्ले गर्ने हुन् कुन्नि ?

तस्वीर/शब्दः विनोद शर्मा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार