दुई गाउँको मुहान विवाद चुलियो, गाउँपालिकामा उजुरी

सल्यान : सल्यानको सिद्धकुमाख गाउँपालिका १, कागखोला र वडा २ खानीगाउँका बासिन्दा बीच खानेपानी मुहानको विवाद चुलिएको छ । मुहान विवादले खानीगाउँका बासिन्दाले कागखोलामा पानी ल्याउन दिएका छैनन् । विवाद नमिलेपछि गाउँपालिकामा गत वर्ष उजुरी परेको थियो । दुई गाउँबीच खानेपानी र वन क्षेत्रको विवाद लामो समयदेखि कायम छ ।

कागखोलामा भएको सामुदायिक वनमा खानीगाउँका पशुचौपायालाई चरन गर्न नदिएको बदलामा खानेपानीको मूल प्रयोग गर्न नदिएको जानकारहरु बताउँछन् । वन क्षेत्रमा चरन गर्न पाउनुपर्ने खानीगाउँका बासिन्दाको माग छ ।

पछिल्लो समय छलफलै हुन छाडेको र ‘एउटा वडामा वन र अर्को वडामा खानेपानी मुहान हुँदा समस्या भएको पूर्वअध्यक्ष बस्नेतले बताउनुभयो ।

मूल र वन विवाद अहिलेसम्म समाधान हुन नसक्दा कागखोलाका ६२ परिवार खानेपानी सेवाबाट वञ्चित छन् । स्थानीयलाई एक घण्टा टाढाको अर्को मूलमा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । सहमति नहुँदा पानीका लागि सास्ती भोग्नुपरेको स्थानीय रेशमबहादुर चलाउनेले बताउनुभयो ।

उहाँ अनुसार गाउँपालिकाले खानेपानी योजना सञ्चालनका लागि गत वर्ष १ लाख रुपैयाँ छुट्याएको थियो । सहमति नभएपछि बजेट फ्रिज गएको उहाँको भनाइ छ । ‘जनप्रतिनिधिको रोहवरमा केही समय अघि सहमति भए पनि केही व्यक्तिको स्वार्थका कारण समस्या भएको उहाँले बताउनुभयो ।

पानीको अभावमा पशुपालन र सरसफाइमा समेत समस्या भएको कागखोलाकी निर्मलाकुमारी बस्नेतले जानकारी दिनुभयो । १ घण्टा हिँडेर पिठ्युमा बोकी पानी ओसार्नुपर्ने बाध्यता रहेको र केही व्यक्तिका कारण सहमाति हुन ढिलाइ भइरहेको उहाँको भनाइ छ । बारम्बार खानेपानी योजना निर्माण गर्न विभिन्न सरकारी निकायमा अनुरोध गरे पनि बेवास्ता भइरहेको उहाँको गुनासो छ ।

विवाद मिलाउन धेरै पटक छलफल भए पनि सहमतिमा पुग्न नसकिएको सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर बस्नेतले बताउनुभयो । पछिल्लो समय छलफलै हुन छाडेको र ‘एउटा वडामा वन र अर्को वडामा खानेपानी मुहान हुँदा समस्या भएको पूर्वअध्यक्ष बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार