मेलम्चीमा खत्री, पिआईडीमा थापा र वाग्मती सभ्यतामा कँडेल

 

काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र आयोजना कार्यान्वयन निर्देशनालय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मेलम्चीका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखको जिम्मेवारी दिएको छ ।

मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी भने तिरेश खत्रीलाई दिइएको मन्त्रालय स्रोतको बताएको छ । खत्रीलाई आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) बाट मेलम्ची लगिएको हो ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापालाई भने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ल्याइएको छ । बहुप्रतिक्षित मेलम्चीको बाँकी कामको लागि नयाँ ठेकेदार चयन भएको समयमा गरिएको जिम्मेवारी हेरफेरलाई रहस्यको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार