आँपटार खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

 

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ मा निर्मित आँपटार खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । शान्ति नेपालको भुकम्प प्रतिकार्य परियोजनाका संयोजक विष्णु भट्ट र बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ का अध्यक्ष बीर बहादुर श्रेष्ठद्धारा उपभोक्ता समितिका अध्यक्ष दिनेश चेपाङलाई आयोजना हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजना उदघाटन, सार्वजनिक सुनुवाई एवं हस्तान्तरण कार्यक्रमको आयोजना गरी साझेदार संस्थाहरु शान्ति नेपालले आयोजना हस्तान्तरण गरिएको शान्ति नेपालको भुकम्प प्रतिकार्य परियोजनाका संयोजक विष्णु भट्टले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा १ गाग्री पानीको लागि २ घण्टाको बाटो धाउनुपर्ने समस्या झेलिरहेका आँपटारको बासिन्दाका लागि शान्ति नेपाल धादिङले खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।

 

 

खानेपानी हस्तान्तरण गरेपछि स्थानी बासिन्दाको मुहारमा खुसी छाएको छ । शान्ति नेपाल धादिङको २ लाख ९९ हजार १४० रुपैयाँ, वडा कार्यालयको ८० हजार रुपैयाँ र स्थानीय बासिन्दाको ३ लाख ६० हजार रुपैयाँ बराबरको श्रमदानबाट आयोजना सम्पन्न भएको शान्ति नेपालको भुकम्प प्रतिकार्य परियोजनाका संयोजक विष्णु भट्टले जानकारी दिनुभयो ।

उक्त आयोजना सम्पन्न गर्न आँपटारका बासिन्दाले ४८ दिनसम्म श्रमदान गरेका थिए । खानेपानी आयोजनाले १२ घरधुरीका ६५ जनसंख्या लाभान्वित भएका छन् । १ घर १ धारा निर्माण भए सँगै प्रत्येक घरले भाडा सुकाउने मचान र फोहोर व्यवस्थापन गर्नका लागि बोराको व्यवस्थापन गरी फोहोर बिसर्जन गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार