पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

 

बर्दिया : बर्दियाको चार वटा स्थानीय तहका सरसफाइ सम्पर्क व्यक्ति, सरसफाइमा कार्यरत सामाजिक परिचालक, पालिका सरसफाइ संयोजक एवं अन्य कर्मचारीलाई पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षण तालिम दिईएको छ ।

बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका सरसफाइ सम्पर्क व्यतिm, सरसफाइमा काम गर्ने सामाजिक परीचालक, गाउँपालिकाका सरसफाइ संयोजक तथा अन्य कर्मचारीहरुलाई तालिम दिईएको हो । तीन दिने पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण (MTOT) तालिम GSF/UN–HABITAT को सहयोग तथा IDS Nepal/MayusBardiya को सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको हो ।

३ दिन सम्म सञ्चालन भएको तालिममा पूर्ण सरसफाइका चरण, सूचक, सहजीकरण सीप, महिनावारी स्वच्छता, योजना निर्माण, घरेलु प्याड, घरेलु प्याड निर्माण विधि, GESI आदिका बिषयमा सहजीकरण गरिएको IDS Nepal/ Mayus Bardiya का जिल्ला संयोजक तारा बहादुर खातीले जानकारी दिनुभयो ।

जिल्ला खानेपानी तथा सरसफाइ फिल्ड अफिस बर्दियाका अधिकृत कमला पण्डित, गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु तिमल्सेनाको सहभागितामा सञ्चालन भएको तालिमको सहजिकरण UN-HABITAT का खानेपानी तथा सरसफाइ परामर्शदाता होमनाथ आचार्य र UN-HABITAT का जिल्ला संयोजक शिवराज न्यौपानेले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार