बाँकेमा खानेपानीका ८० आयोजना कार्यान्वयन हुँदै, १० आयोजना यसै बर्षभित्र सम्पन्न हुने

 191 पटक हेरिएको

बाँके : बाँकेमा चालु आर्थिक बर्षमा खानेपानीका ८० आयोजना सञ्चालन भईरहेको छ । जसमा उच्च प्रविधियुक्त अन्तर्गत ३३ वटा आयोजना, तराई–मधेस अन्तर्गत २४, प्रदेश सरकारको बजेटबाट १३ योजना तथा १० आयोजना सञ्चालन भईरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख भोलाप्रसाद थापाले जानकारी दिनुभयो ।

बाँकेमा बजेट उपशीर्षक अन्तर्गत प्रदेश सरकारको सघन खानेपानी विकास कार्यक्रम, केन्द्रीय सरकारको ससर्त अनुदान अन्तर्गत उच्च प्रविधियुक्त खानेपानी कार्यक्रम र तराई–मधेस खानेपानी सुधार कार्यक्रम सञ्चालन भईरहेको छ । डिभिजन प्रमुख थापाका अनुसार चालु आर्थिक वर्षमा नौ ओभरहेड ट्यांकी र एउटा पम्पिङहेड ट्यांकी निर्माण गर्ने योजना छ ।

१० आयोजना यसै बर्षभित्र सम्पन्न हुने

चालु आर्थिक बर्षमा निर्माणाधी ८० आयोजना बाहेक mबर्षौदेखि निर्माण भइरहेका १० वटा खानेपानी योजना यसै आर्थिक वर्षभित्र सक्ने गरी काम भईरहेको छ । कुसुमको अम्बा खानेपानी योजना, कुसुम लिफ्ट खानेपानी, बैजनाथको पेडारी र नौबस्ता खानेपानी, कोहलपुरको विराट र शमशेरगन्ज, कचनापुर तथा भवनियापुर खानेपानी योजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
अधिकांश योजनाको ओभरहेड ट्यांकी निर्माण पूरा भइसकेको छ । बजेट अपुग भएका कारण पाइपलाइन विस्तारको काम पूरा हुन नसकेको डिभिजन प्रमुख थापाको भनाइ छ । तीन–चार वर्षदेखि निर्माण भइरहेका योजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरी शुद्ध पिउने पानी वितरण गर्ने गरी काम भइरहेको डिभिजन प्रमुख भोलाप्रसाद थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार