याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने बाटो खुल्यो


काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने बाटो खुलेको छ । प्रभावित क्षेत्रका बासिन्दाको मागका सम्बन्धमा संघीय सांसद शेर बहादुर तामाङ र सामाजिक विकास विज्ञ शम्भु प्रसाद कट्टेलको रोहबरमा समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बीच सहमति पत्रमा हस्ताक्षर भएपछि याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने आधार बनेको हो । सम्झौता हुनु पूर्व याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र मेलम्ची खानेपानी विकास समिति बीच पटक पटक छलफल भएको थियो ।

दुवै नदीबाट पानी पठाए बापत प्रभावित क्षेत्रका बासिन्दाले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र मेलम्ची खानेपानी विकास समिति बीच सम्झौता भएपछि मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढ्ने समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताउनुभयो ।

पहिलो चरण मेलम्चीको १७ करोड लिटर पानी ल्याउने काम करिब अन्तिम चरणमा पुगेको छ । अब दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्केको पानी ३४ करोड लिटर पानी काठमाडौ उपत्यकामा ल्याईनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार