बिल गेट्सको खुला पत्र : बिगतमा दुषित पानी पिएको गल्तीलाई पनि सम्झाइदिएको छ, कोरोना भाइरसले

काठमाडौ : विश्वका सबैभन्दा धनीमध्येका एक विल गेट्सले कोरोना भाइरसविरुद्धको लडाइका लागि गत महिना ८५ मिलियन पाउन्ड स्ट्रलिङ डलर अर्थात् सवा १२ अर्ब नेपाली रुपैयाँ सहयोग गरिसकेका छन् ।लामो समय बिश्वकै नम्बर १ धनी रहन सफल गेट्सले पछिल्ला केही बर्ष बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन खोलेर परोपकारी काम गरिरहेका छन् । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले नेपालमा पनि सरसफाइ र पोषणको क्षेत्रमा काम गरिरहेको छ । फाउण्डेशनले शौच गर्न साथ दिसा प्रशोधन भई पानीमा परिणत हुने प्रविधि ल्याएको छ । बिल गेट्सले सन् २०३० सम्‍ममा बजारमा करीब ६ अर्ब रुपैयाँ बराबरको स्मार्ट ट्वाइलेट पुगिसक्ने दाबी गर्नुभएको छ ।

६४ वर्षे यी व्यवसायी कोरोना भाइरसले हाम्रो स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने फेरि एक पटक सम्झाइदिएको बताउँछन् । ‘कोरोना भाइरसले हामीलाई के पढाएको छ ?’ भन्ने शीर्षकमा गेट्सले  भनेका छन् ‘हामीले विगतमा पोषणयुक्त खानेकुरा नखाएको, कमसल खालका खाद्यान्न खाएको, पानी नपिएको वा दुषित पानी पिएको तथा केमिकलयुक्त खाना खाएको गल्तीलाई पनि सम्झाइदिएको छ ।’  गेट्सले लेखेको खुला पत्र यस्तो छ ।

म हरेक घटनाका पछाडि आध्यात्मिक उद्देश्य छ भन्ने कुरा विश्वास गर्छु, चाहे त्यो राम्रो वा नराम्रो होस् त्यसमा मलाई निकै ठूलो विश्वास छ । जब म कोरोना भाइरसका बारेमा बिचार गर्न थाले त्यसपछि मलाई मनमा लागेका केही कुराहरु सेयर गर्न जाँदैछु ।

१, यो घटनाले हामीलाई हामी सबै समान छौं भन्ने सन्देश दिएको छ । सास्कृतिक, धार्मिक, पेशागत, वित्तीय अवस्था तथा हामी कति प्रसिद्ध छौ भन्दा पनि हामी समान छौं भन्ने सन्देश यो घटनाले दिएको छ । कोरोना भाइरसले अहिले हामीलाई हामी सबै समान रहेको सन्देश दिएको छ र हामी हुनैपर्छ । यदि तपाई मलाई विश्वास गर्नुहुन्न भने टम ह्याङसलाई सोध्नुहोस ।

२, हामी सबै जना एक अर्कोमा कनेक्टेड छौं र एकलाई प्रभाव पर्दा अर्कोलाई पनि असर गर्छ भन्ने कुरा कोरोना भाइरसले सम्झाएको छ । हामीले तय गरेको बोर्डरले पनि यस्ता भाइरसलाई कुनै महत्व राख्दैन र यो बिना पासपोर्ट हामीबीच ओहोरदोहोर गर्न सक्छ भन्ने कुरा पनि हामीलाई सम्झाइदिएको छ ।

३, कोरोना भाइरसले हाम्रो स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने फेरि एक पटक सम्झाइदिएको छ । हामीले विगतमा पोषणयुक्त खानेकुरा नखाएको, कमसल खालका खाद्यान्न खाएको, पानी नपिएको वा दुषित पानी पिएको तथा केमिकलयुक्त खाना खाएको गल्तीलाई पनि सम्झाइदिएको छ । हामीलाई स्वास्थ्यप्रति सधै सजगता अपनाउन पनि यसले सम्झाइदिएको छ ।

४, कोरोना भाइरसले हाम्रो छोटो जीवन पनि कति महत्वपूर्ण छ भन्ने फेरि एक पटक सम्झाइदिएको छ । एक अर्कोलाई सहयोग गर्न तथा वृद्ध मानिस र बिरामीलाई सहयोग गर्न पनि हाम्रो जिम्मेवारी सम्झाइदिएको छ ।

५, यसले हाम्रो समाज कतिसम्म भौतिकवादमा रमाएको छ र अप्ठ्यारो परेको अवस्थामा पनि हामीलाई आवश्यक पर्ने खाना, पानी र औषधिका बारेमा सम्झाइदिएको छ । र, यसले आरामदायी विलाशी जीवनभन्दा पनि दैनिक आवश्यकता के हुन भन्ने सम्झाइदिएको छ ।

६, यसले हामीलाई हाम्रो परिवार र घर कति महत्वपूर्ण छ भन्ने समेत सन्देश दिएको छ । हामीलाई फेरि एक पटक सम्झाउँदै परिवारलाई गरेको वेवास्थालाई पनि सम्झाइदिएको छ । यो समय हामीलाई फेरि एक पटक परिवारसँगै बसेर सम्बन्धलाई कसरी बलियो बनाउने भन्नेमा सोच्न समय पनि दिएको छ ताकी पारिवारिक सम्बन्ध अझ बलियो होस् ।

७, कोरोना भाइरसले हामीलाई हाम्रो काम पनि सम्झाइदिएको छ । हाम्रो काम हाम्रो जागिर मात्रै नभइ अरु पनि हो भनेको छ । हामीले जे गर्नुपर्ने हो त्यही गर्ने हो न त हामीले व्यस्त राख्नका लागि बनाएको काम गर्ने हो । हाम्रो काम एक अर्कोलाई सहयोग गर्ने हो, एक अर्कालाई फाइदा पुग्ने खालका काम नै हाम्रो जिम्मेवारी हो ।

८, यसले हाम्रा इगोलाई हटाउनुपर्छ भन्ने पनि सन्देश दिएको छ । हामीले अरु बेलामा जति सुकै ठूलो कुरा सोचौं, ति नै अरुभन्दा राम्रो सोचौं तर भाइरसले हामीलाई एउटा तहमा ल्याइदिन्छ भन्ने कुरा सम्झाइदिएको छ ।

९, यसले हामीलाई स्वतन्त्रता कति महत्वपूर्ण छ भन्ने पनि सम्झाइदिएको छ । एक अर्कोंलाई सहयोग गर्ने, सेयर गर्ने, अर्कालाई आफूसँग भएको दिने कुरा सम्झाइदिएको छ । र, यसले स्वाथी हुनुहुन्न भन्ने कुरा पनि सम्झाइदिएको छ ।

१०, कोरोना भाइरसले हामी पनि बिरामी पर्न सक्छौं र हामीलाई पनि अरुलाई जस्तै पीडा हुन सक्छ भन्ने कुरा सम्झाइ दिएको छ । र यस्ता घटनाहरु आगामी दिनमा पनि फेरि घट्न सक्छन भन्नेद कुरा सम्झाइ दिएको छ ।

११, कोरोना भाइरसले हामीलाई यो अन्त्य पनि हुन सक्छ र शुरुवात पनि हुृन सक्छ भन्ने कुरा सम्झाइ दिएको छ । यसले हामीलाई हाम्रो विगतमा गल्तीबाट सिक्ने अवसर पनि दिएको छ भने नयाँ शुरुवात गर्नका लागि पनि ज्ञान दिएको छ ।

१२, पृश्वी बिरामी छ भन्ने कुरा पनि हामीलाई यो घटनाले सिकाएको छ । यसले हामीलाई पर्यावरण जोगाउन, वन फडाँनी नगर्नका लागि पनि सन्देश दिएको छ । त्यसैले पृथ्वीको ख्याल राख्नु हाम्रो कर्तव्य हो पनि भनेको छ ।

१३, हरेक अप्ठ्यारोका पछि सहज पनि छ भन्ने ज्ञान यसले दिएको छ । जीवन चक्र हो र यो चक्रको एउटा पाटो हो भन्ने ज्ञान पनि दिएको छ । यसमा हामी आत्तिनु पर्दैन र यो चक्र पनि हराएर जान्छ भन्ने सन्देश पनि दिएको छ ।

१४, जहाँ सबैले कोरोना भाइरसलाई ठूलो प्रकोपका रुपमा लिए पनि म भने यसलाई ठूलो सुधारकका रुपमा लिन्छु । यो हामीकहाँ हामीलाई हाम्रो जिम्मेवारी सम्झाउन र केही ज्ञान दिए आएको हो भन्ने सम्झन्छु ।

त्यसैले कोरोना एकदिन अवश्य नै जानेछ र त्यसपछि हामीहरु पनि यसबाट ज्ञान लिएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार