राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

काठमाडौ : राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरहेको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण तथा रोकथामका लागि सरकारले निर्माण गरेको होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको हो ।

सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुले खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ । उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेको छ भने बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार