खानेपानी अभावले १२ घरको उठिबास

“एउटा गाग्री डोकोभित्र, अर्को दुई हातले बोकेर एकैपटक दुई गाग्री पानी बोकेर बिसाउँदै घर पुग्दा तीन घन्टा लाग्छ,” कर्णबहादुर बुढाथोकीले भने, “यस्तो दुःख सहन नसकेर उनीहरू बसाइँ हिँडे ।”

उदयपुर : पिउन र खेतीका लागि पानीको चरम अभाव भएपछि उदयपुरको रौतामाई गाउँपालिका–३ आदमाराका एक दर्जंन परिवार बसाइँ सरेका छन् । पिउनका लागि तीन घन्टाको बाटो हिँडेर पानी बोक्नु पर्ने समस्या र खेतीपातीका लागि पानीको कुनै विकल्प नभएपछि एक वर्षको अवधिमा उनीहरू बसाइँ हिँडेका हुन् ।पिउन र खेतीका लागि पानीको चरम अभाव भएपछि उदयपुरको रौतामाई गाउँपालिका–३ आदमाराका एक दर्जंन परिवार बसाइँ सरेका छन् ।

पिउनका लागि तीन घन्टाको बाटो हिँडेर पानी बोक्नु पर्ने समस्या र खेतीपातीका लागि पानीको कुनै विकल्प नभएपछि एक वर्षको अवधिमा उनीहरू बसाइँ हिँडेका हुन् । पानी अभावका कारण स्थानीय युवराज बस्नेत, गणेश बस्नेत, केदार भुजेल लगायतका १२ घरपरिवारले आफ्नो पुरानो थातथलो छोडेर हिँडेको स्थानीय पदम कार्कीले बताए । “खेतीपाती गर्न पानी अभाव हुँदा बसाइँ हिँड्ने क्रम बढेको छ,” उनले भने, “पिउनकै लागि पनि तीन घण्टा लगाएर सुनकोसी नदीको पानी बोकेर उकालो चढ्नु पर्ने अबस्था छ ।” सुनकोसीको उकालो पानी बोक्ने काम गाउँका अधिकांस पुरुषले गरिरहेको उनले बताए । “एउटा गाग्री डोकोभित्र, अर्को दुई हातले बोकेर एकैपटक दुई गाग्री पानी बोकेर बिसाउँदै घर पुग्दा तीन घन्टा लाग्छ,” कर्णबहादुर बुढाथोकीले भने, “यस्तो दुःख सहन नसकेर उनीहरू बसाइँ हिँडे ।” यस्तै अवस्था रहिरहे गाउँमा रहेकरुको पनि जीविका नचल्ने उनले सुनाए ।

बुढाथोकीका अनुसार आकाशे पानीमा निर्भर रहेका रौतामाई–३ का आदमारा, बेलबोटे, बिमिरे, चनौटे, लामिबगर, सालघारी, भर्लेनी, दायुमलगायतका आसपासका बस्तीमा खासै पानी परेको छैन । पानी अभावका कारण खेती नभएपछि ती बस्तीबाट बसाइँ सर्नेको संख्या बर्सेनि बढिरहेको छ । “गत वर्ष रोपेको मकैबाट एक दानासमेत फल लिन सकिएन,” कार्की भन्छन्, “पसाउने बेलामा पानी नभएपछि मकैका बोट खेतमै भस्याकभुसुक मरे ।” पानी अभावकै कारण एक दशक यता अन्नबाली उब्जाउमा कमी आएको र गत वर्ष त शून्य नै भएको उनले बताए । पानीकै कारण खेतबारीमा उब्जाउ हुन छाडेपछि बसाइँसराइ गर्ने र गाउँ छाडेर हिँड्ने क्रम बढेको वडाध्यक्ष दुर्गाराज खड्काले जानकारी दिए । “यस्तै अवस्था रहिरहने हो भने एकदिन पूरै गाउँ रित्ता हुन्छन्,” उनले भने, “खेतिपाती नै नभएपछि के खाएर गाउँमा बस्नु ?” उब्जाउमा कमी आएपछि कतिपय गाउँलेले सहर बजारबाट बेसाहा बोकेर घरपरिवार चलाउँदै आएको उनले बताए ।

बसाइँ हिँड्नेहरूले पनि रित्तो हात जानु परेको स्थानीयको भनाइ छ । “यस्तो उराठ लाग्दो रुखो जग्गा कसले किन्ने र पैसा दिने ?” चन्द्रबहादुर भुजेलले भने, “किन बेच हुने अवस्था नभएकाले बसाइँ जानेहरूले त्यत्तिकै छाडेर जाने गरेका छन् ।” पानीको विकराल अवस्थाका कारण खेती हुन छाडेपछि गाउँ रित्तिन थालेको गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताए । “गाउँपालिकाको बजेटले सबै समस्याको हल गर्न कठिन छ,” उनले भने, “केन्द्र र प्रदेश सरकारबाट सिँचाइ र खानेपानीको योजना सञ्चालन भएपछि मात्रै गाउँ रित्तिने क्रम अन्त्य हुन्छ ।”

गाउँपालिकाले पानी अभाव भएका बस्तीका खेतबारीमा वैकल्पिक खेती गर्ने गरी कार्यक्रम तयार गर्न लागेको उनले बताए । यो खबर हामीले कारोबार दैनिकबाट साभार गरेका हौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार