कीटाणुको स्रोत र रोकथामको उपाय


काठमाडौ  : जब चारैतिर कीटाणु र कीराहरू भेटिन थाल्छ त्यसबेला प्रत्येक व्यक्तिले रोगलाई रोकथाम गर्न साधारण तरीका अपनाउन मद्दत गर्नुपर्दछ । पानीको स्रोतलाई बचाउनुपर्छ । पिउन, लुगा धुन, भाँडा माझ्न सफा पानीको प्रयोग गर्नुपर्छ ।

खाना खानुभन्दा पहिले र शौचालय गइसकेपछि सधैं हात धुनुपर्छ । सफा पानी र उपलब्ध भएसम्म साबुनको प्रयोग गर्ने । यदि साबुन नभएमा सफा बालुवा वा खरानीको प्रयोग गर्ने । औंलाको नङ्गहरू काट्नाले हात सफा राख्न सहयोग पुग्छ ।

शौचालयको प्रयोगः यसको प्रयोगले कीटाणु र कीराहरूलाई मान्छेको सम्पर्क भन्दा बाहिर राख्छ । यदि शौचालय नभएमा मान्छे र जनावरले छुन नसक्ने र पानीको स्रोतभन्दा धेरै टाढा भएको ठाउँमा दिसा पिसाब गर्नुपर्दछ । झिंगा नलागोस् भनेर दिसालाई माटो वा बालुवाले छोप्नुपर्दछ ।

खाना बनाउन र राख्न सफा र सुरक्षित तरीका प्रयोग गर्नुपर्छ । तरकारी र फलफूललाई सफा पानीले धुनुपर्छ वा खानुभन्दा अगाडि राम्ररी पकाउनुपर्छ । बाँकी भएको खानालाई जनावरलाई खुवाउने वा कम्पोष्ट मल बनाउने ठाउँमा राख्ने । बिग्रेको खानादेखि मुक्त हुन, मासु र समुद्री खानालाई अरु खानाभन्दा छुट्टै राख्नुपर्दछ र माछा मासु अण्डा खानुभन्दा पहिले राम्ररी पाकेको छ भन्ने सुनिश्चित गर्नुपर्छ । थाल, भाँडाकुँडा तथा अन्य सामग्रीहरू प्रयोग गरी तातो पानी र साबुनले धोई घाममा सुकाउनु पर्दछ ।

♥ जनावरलाई घर, खाना र सार्वजनिक पानीको स्रोतबाट टाढा राख्नुपर्दछ ।

♥ खुट्टाको माध्यम भएर शरीरमा कीटाणु प्रवेश गर्नबाट रोक्न जुत्ता लगाउनुपर्छ ।

♥ कीटाणु फैलिनबाट बचाउनको लागि खाना छोप्नुपर्छ र झिंगालाई नजिक पर्न दिनुहुँदैन ।

♥ झिंगा नियन्त्रण र प्रजनन् रोक्ने खालको शौचालयबाट पनि कीरा र जीवाणुहरूलाई फैलिनबाट रोक्न मद्दत पु¥याउँदछ

 

हात धुने


कीरा र जीवाणुबाट हुने स्वास्थ्य समस्याको रोकथाम गर्नको लागि साबुन पानीले हात धुने एउटा राम्रो उपाय हो । दिसा गरेपछि, बच्चाको दिसा धोएपछि र खाना खानु, बच्चालाई खुवाउनु, खाना पकाउनु अघि साबुन पानीले राम्ररी हात धुनुपर्छ । हात धुन सजिलोको लागि घर नजिकै पानीको स्रोत राख्ने । पानीले मात्र हात धुन प्रभावकारी हुँदैन । फोहर र जीवाणु हटाउनको लागि साबुन प्रयोग गर्नुपर्छ ।

यदि साबुन नभएमा बालुवा, माटो वा खरानी प्रयोग गर्नुपर्छ । साबुन लगाएर हात मोल्दा बगेको पानीमा हात धुने । बगेको पानी नभएमा वास बेसिन वा बाटाको प्रयोग गर्नुपर्छ । साबुन, बालुवा वा खरानी लगाएर हात मोल्दा ३० पटक सम्म माड्नुपर्दछ । पानीले हात धोएर सफा कपडाले पुछ्नु पर्छ वा हावामा हात सुकाउनु पर्छ ।

बोतलको धारोबाट हात धुने साधारण उपकरण

बोतलको धारोबाट थोरै पानीले हात धुन सकिन्छ । यसले दुवै हात मिच्दै बगेको पानीमा हात धुन मिल्छ । बोतलको धारो जताततै पाउने सामग्रीले बनाउन सकिन्छ र हात धुन आवश्यक पर्ने सबै ठाउँमा राख्न सकिन्छ जस्तैः शौचालय, भान्सा कोठा र बजारमा ।

पानीमा विषाक्त प्रदूषण

कृषि, खानी उत्खनन्, तेल, उत्खनन् र धेरै अन्य उद्योगहरूले रसायनिक प्रदूषण पानीको स्रोतमा मिसाउँछ । यसले गर्दा पानी पिउन खाना पकाउन नुहाउन र सिचाई गर्न असुरक्षित हुन्छ । कुनै कुनै ठाउँमा पानी प्रकृतिमा पाईने रसायनिक जस्तैः आर्सेनिक, फ्ल्युराईडबाट दाँतमा खैरो दाग हुन्छ र शरीरको हड्डी कमजोर हुन्छ ।

जमिन मुनिको पानी प्रयोग गरेकोले प्राकृतिक विषाक्तको खतरा बढ्छ । किनभने बाँकी रहेको पानीमा मात्र उक्त रसायन केन्द्रित हुन्छ । चाहे त्यो उद्योगबाट होस् वा पृथ्वीबाट विषाक्त रसायन प्रायः अदृश्य हुन्छ र पत्ता लगाउन गाह्रो हुन्छ । उद्योग एवं प्राकृतिक विषाक्त पत्ता लगाउन प्रयोगशालाले मद्दत पुर्‍याउँछ ।

विषाक्त प्रदूषण रोकथाम

वषाक्त रसायनमुक्त पानीको लागि एउटा मात्र उपाय पानीको स्रोत नै प्रदूषित हुनबाट रोक्नु हो । पानी प्रदूषित भएको थाहा पाएमा पानीको नक्सांकन गर्न समुदायलाई संगठित गरी खानेपानीको समस्या पत्ता लगाई त्यसको रोकथाम गर्न पहल गर्नुपर्छ। पानीमा कुन रसायन मिसिएको छ त्यसको पत्ता लगाउन एउटा मात्र उपाय प्रयोगशालाबाट परीक्षण गर्नु हो ।

कीरा र जीवाणुबाट सुरक्षित गरिएको पानी रसायनबाट सुरक्षित नभए जस्तै रसायनबाट सुरक्षित गरिएको पानी कीरा र जीवाणुबाट सुरक्षित हुँदैन । विषाक्त रसायन प्रदूषणबाट रोकथाम कार र ट्रकबाट निस्किने प्रदूषणलाई पानीको स्रोत भन्दा टाढा लैजान सडक र पुलसँग पानी बग्ने नहर बनाउनु पर्दछ । सडकको पेटीमा वृक्षारोपण गरेर पनि पानी प्रदूषित हुनबाट बचाउन सकिन्छ किनभने रुखले वायु प्रदूषणलाई रोक्छ ।

कम प्रदूषणजन्य उद्योगहरू हुनुपर्छ । उद्योगहरूले आफ्नो फोहरको प्रशोधन गर्न सक्छन् र ठूलो र सानो व्यवसायले स्वच्छ उत्पादनको विधिको प्रयोग गर्नुपर्छ । खानी उत्खनन् र तेल उत्खनन्ले पानी प्रदूषित हुने प्रबल सम्भावना भएको ठाउँमा गर्नु हुँदैन । किसानले सकेसम्म रसायनिक मल र विषादीको प्रयोग कम गर्न साथै बन्द गर्नाले पानीको मुहानमा यी रसायनहरू नमिसियोस् भनेर विश्वस्त पनि हुनुपर्छ ।

उनीहरूले रसायनलाई प्राकृतिक मल प्रयोग गरेर हटाउन सक्छन् । पानी प्रदूषण रोकथाम गर्नको लागि सरकारले कानून बनाएर लागू गर्न सक्नुपर्छ । उद्योग, सरकार र समुदायहरूले पानीमा विषाक्त प्रदूषण रोकथाम गर्न कारवाही गर्नुपर्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार