इनार कहाँ र कसरी बनाउने ?


काठमाडौ : भूमिगत पानी तान्ने विभिन्न खाले ईनारहरू हुन्छ । सबैभन्दा साधारण चाहीं हातले खनेको कुवा हो । सबैभन्दा महङ्गो चाहिं धेरै गहिरोसम्म पाइपको सहायताले धारा राखी पानी तान्ने किसिमको पम्पलाई भनिन्छ ।

ईनार मानिसले पानी पिउन्जेल उपयोगी हुन्छ । समुदायको लागि राम्रो ईनार चार्हि ईनारको गहिराई र खन्ने प्वाल पार्ने र निर्माण सामग्रीहरूमा भर पर्दछ । प्रायःजसो समयमा साधारण ईनार जसबाट बाल्टिनको सहायताले पानी तान्ने गरिन्छ, अरु पम्पको सहायताले पानी तान्ने महङ्गो ईनारभन्दा राम्रो मानिन्छ । बढी संख्यामा रहेको कम गहिरो ईनार एउटा बढी गहिरो डिपवेलभन्दा राम्रो मानिन्छ किनकी एउटा सुकेर गएपनि अरुबाट पानी प्राप्त गर्न सकिन्छ ।

सुरक्षित ईनार र पानी कुवा बनाउने चरणहरू

♦ ईनार खन्नु पूर्व यो सबैको पानी आपूर्ति गर्न सक्ने ईनार हो भनी सुनिश्चित गर्नुपर्दछ । इनारको पानी निम्न लिखित अवस्थामा खनेमा असुरक्षित हुन जान्छ ।

♦ चर्पीको धेरै नजिकमा, ढलको पाइप, फोहर थुपार्ने खाल्डो वा गाईबस्तु राख्ने ठाउँको नजिकमा खनेको ईनार राम्रो हुँदैन । ईनार यी सबैभन्दा कम्तिमा ३० मिटर टाढा राख्नु पर्दछ ।

♦ उद्योगधन्धा संचालन हुने ठाउँ, खानी संचालन हुने ठाउँ, तेल उत्खनन् हुने ठाउँ, अत्याधिक रसायनिक मल एवं विषादीको उपयोग हुने खेतबारीको नजिकै वा फोहरमैला बिसर्जन गर्ने ठाउँमा ईनार खनेमा ।

♦ फोहर पानी तथा सतही पानी बगेर ईनारमा मिसिने अवस्थाको ठाउँ ।

साधारण सुधारबाट पानीलाई संक्रमित हुनबाट जोगाउन सकिन्छ । उदाहरणको लागि सफा भाँडो र डोरी मात्र ईनारको पानी झिक्न प्रयोग गर्ने । कुवाको चारैतिर माटो राख्ने, ईट्टा वा ढुङ्गाबाट बनेको रिङ्ग हालेर पानीलाई सुरक्षित गर्न सकिन्छ । कुवाको सतहलाई चिल्लाएर कुवा खस्नबाट र सुक्नबाट रोक्न सकिन्छ र गहिरो ईनार बनेर बढी पानी संकलन गर्न सकिन्छ ।

ईनार खन्नुभन्दा पहिले वा पानीको वितरण प्रणालीमा महङ्गो सुधार ल्याउनुभन्दा पहिले स–साना सुधारको उपायहरूलाई हामी आफ्नो पानीको स्रोतलाई सफा गर्न प्रयोगमा ल्याएर उपयोग गर्नेतर्फ सोच्नुपर्दछ ।

कुवाको पानी कहिल्यै सिधैं पिउनु हुँदैन । पानीलाई कपडाले छानेर वा केही बेरसम्म स्थिर रहन दिएर पनि जीवाणुहरूलाई हटाउन सकिन्छ ।

ईनार कहाँ खन्नु पर्दछ ?

ईनार खन्दा नजिकैको ईनारमा पानी छ कि छैन भनेर हेर्नु पर्दछ । अरु नजिकै ईनार निकै गहिरो छ भने भूमिगत पानी निकै गहिरोमा प्राप्त हुन्छ जुन हातले खन्नलाई गह्रो हुन्छ । ईनार खन्ने ठाउँ राम्रो छ भनेर पत्ता लगाउन अर्को राम्रो उपाय भनेको वर्षैभरी धेरै पानी चाहिने बिरुवाहरूको उपस्थिति हुनु हो । गहिरो ठाउँहरूमा प्रायःजसो अग्लो ठाउँमा भन्दा बढी पानी पाइन्छ । तर गहिरो ठाउँमा ईनार खन्न यसलाई वर्षात्को पानीबाट सुरक्षित गर्नुपर्दछ ।

ईनारको भित्तामा पर्खाल वा रिङ लगाउने

निकै साह्रो माटो भएको ठाउँमा ईनारको भित्तामा रिङ्ग वा ईट्टाको पर्खाल लगाउनु जरुरी देखिंदैन । तर पनि माथिको १–२ मिटरसम्म पर्खाल लगाउनु बुद्धिमानी हुन्छ । जसले गर्दा पर्खाल भत्कनबाट जोगाउन सकिन्छ । पुरै ईनारमा पर्खाल लगाए पनि निकै भरपर्दो हुन्छ । तर पछि फेरि ईनार गहिरो खन्नु प¥यो भने गाह्रो हुन्छ । ईनारमा ढुङ्गाको पर्खाल वा पोलेको ईट्टाको पर्खाल वा सिमेन्टको कङक्रिटको पर्खाल लगाउने गरिन्छ ।

डोरी, बकेट र खम्बा

खम्बाको सहायताले पुल्ली झुण्ड्याई ईनारको पानी तान्न सजिलो होस् भनेर बकेटको डोरी बेर्ने व्यवस्था गर्नुपर्दछ । पछि पम्प फिट गर्दा खम्बा सजिलै निकाल्न सकिन्छ । डोरीको छोउमा बकेट बाँध्नुहोस् । सकेसम्म फलामको सिक्रीको व्यवस्था गर्नुपर्दछ । किनकी यसमा जीवाणु बस्ने कम सम्भावना हुन्छ । तर यो महङ्गो हुन्छ । डोरी सस्तो भएको कारण चुँडिएको खण्डमा तुरुन्तै अर्को नयाँ लगाउन सकिन्छ ।

पानी तर्काउने सतहको व्यवस्था

पानी तर्काउने सतहको सहयताले बढी खेर जाने पानीलाई ढलसम्म तर्काउन सकिन्छ । यसले गर्दा ईनारको चारैतिर पानी जमेर हिलो हुन नदिनुको साथै जीवाणु एवं कीरा पनि जन्मन दिंदैन । जीवाणुहरू फुटेको भागमा जम्ने पानीमा जन्मिने भएको हुनाले पानी तर्काउने सतह राम्ररी बनाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार