दरौदीको पानी केही दिनमै गोरखा नगरपालिकामा

 318 पटक हेरिएको


गोरखा : दरौदी नदीको पानी अबको केही महिनाभित्रै गोरखा नगरपालिकाको वडा नं. ३ देखि ९ सम्मका बासिन्दाले उपभोग गर्न पाउने भएका छन् । गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम सकेसम्म चाँडो सम्पन्न गरी गोरखा नगरपालिकामा वितरण गर्ने अन्तिम तयारी भईरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका आयोजना प्रमुख देवेन्द्र झाले जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाको वडा नं. ३ देखि ९ सम्मका बासिन्दालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ बर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते तुँडी रमन जेभी धनुषा जनकपुसँग सम्झौता भएको थियो । हालसम्म ९६ प्रतिशत भौतिक प्रगति र ९५ प्रतिशत वित्तिय प्रगति भएको ठेकेदार कम्पनीले जनाएको छ । कुल ४२ करोड ८ लाख १० हजार ६८ रुपैयाँ लागतमा सम्पन्न हुन लागेको आयोजनाको १० प्रतिशत समुदायले व्यहोरेका छन् ।


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका आयोजनाका इञ्जिनियर रसिल महर्जनले दरौदी नदीको किनारमा बनाईएको २ वटा सम्पवेल (इनार) मार्फत दरौदीको पानी पाँच स्टेपमा लिफ्ट गरी गोरखा नगरपालिकाको वडा नं. ३ देखि ९ सम्म वितरण गरिने बताउनुभयो । उहाँका अनुसार ३४.८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९.०३ किलोमिटर वितरण लाइन र ७ वटा रिजभ्र्वायर ट्याङ्क तथा २० वटा वितरण ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ ।

यस्तै खानेपानीको प्रशोधनका लागि २ वटा सेडिमेन्टेशन ट्याङ्क, ३ वटा स्लो स्याण्ड फिल्टर, एउटा डिस्इन्फेक्सन युनिट र डिसी, आइसी, भिसी, लगायत गरी ५३ वटा संरचना निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार