फोहोरबाट आफैले ग्यास निकाल्ने यन्त्र बजारमा, घरमै जडान गर्न सकिने


चितवन : भान्छाबाट निस्कने कुहिने फोहोरबाट आफैले ग्यास निकाल्न सकिने सजिलो प्रविधि भित्रिएको छ । युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रका लागि उपयुक्त हुने शहरी घरेलु वायो ग्यास यन्त्र बजारमा ल्याएको हो ।

यन्त्रमा भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरूलाई मसिनो गरी टुक्रा पारेर त्यसमा बराबर मात्रामा पानी मिसाएर बनाएको मिश्रण हालेमा ग्यास उत्पादन हुने र उत्पादित ग्यास सिधै भान्सामा जडान गर्न सकिने युनिभर्सल बायोग्यास प्रा.लि.ले जनाएको छ ।

घरेलु यन्त्रको उत्पादन, विक्री वितरण, जडान र प्राविधिक रेखदेख तथा मर्मत समेत कम्पनीले गर्नेछ । यन्त्रमा तपाईं हाम्रा प्रत्येक घरका भान्सामा निस्किने र फालिने जैविक फोहर जस्तै, चामल पखालेको चौलानी, उब्रेको भात, दाल, तरकारी केलाउँदा निस्केका झाम्टाहरू र अमिलो प्रकृति नभएका फलफूलका बोक्राहरूलाई मसिनो टुक्रा गरेर बराबर परिमाणमा पानीसँंग मिसाएर फोहोरको मिश्रण हाल्नुपर्ने कम्पनीले जनाएको छ ।

शहरी घरेलु वायो ग्यास यन्त्रको बारेमा


♦  वायो ग्यास यन्त्र बनाउनका लागि उच्च गुणस्तरको ISO Fiber Resin, Glass powder लगायतका कच्चा पदार्थबाट निर्मित टैंकीको प्रयोग गरिन्छ ।

♦ यस्तो टैंकी घरको वरिपरि जमिन भए जमिनमा राख्न सकिन्छ,

♦ घरको वरिपरि जमिन नभए घरको छतमा राखेर पनि ग्यास उत्पादन गर्न सकिन्छ ।

♦उच्च स्तरको कच्चापदार्थबाट बनेको टैंकी भएकोले घामपानीबाट कुनै क्षति हुदैन,

♦ यन्त्रमा मात्रा मिलाएर फोहरको मिश्रण हाल्ने गरेमा ५० औ वर्षसम्म पनि ग्यास उत्पादन भै रहन्छ ।

♦ एक स्थानबाट कतै अर्को ठाउँमा सार्नु परेमा सजिलै सार्न सकिन्छ,

♦ वायो ग्यास यन्त्रमा जैविक फोहरको प्रयोग गरिने हुँदा घरको वरिपरी फोहर थुप्रिने वा छरिने सम्भावना हुँदैन ।

♦ यन्त्रमा फोहरको व्यवस्थापन गरिने हुँदा यो वातावरणमैत्री हुन्छ,

♦ यो यन्त्र र यसबाट हुने उत्पादनहरूबाट स्वास्थ्यमा कुनै खतरा वा जोखिम हुदैन,

♦ यस यन्त्रको जडान पछि मर्मत संभारमा रकम खर्च गर्नु पर्दैन ।

♦ घर वरिपरि फोहर छरिन पाउँदैन र झिंगा, लामखुट्टे वा यस्तै किरा फैलिन रोकिन्छ,

♦ फोहर यत्रतत्र छरिई कुहिएर उत्पादन हुने मिथेन ग्यास उत्पादन हुँदैन र वातावरण प्रदुषित बन्दैन ।

♦ घरायसी उर्जाको लागि दाउराको खोजी गर्नु पर्दैन, वन जंगलको विनास हुदैन ।

♦ यन्त्रबाट जैविक तरल मलको पनि उत्पादन हुने हुँदा त्यस्तो मल करेसाबारी वा कौसी खेतीमा प्रयोग गर्न पनि सकिन्छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार