धारामा बरफ जम्दा खानेपानीको समस्या

 हुम्लामा भएको भारी हिमपात । हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ । तस्बिरः दाने बोहरा

सिमकोट : चीन सँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । बेला बेलामा भएको हिमपातले तापक्रम माइनसमा झरेका कारण खानेपानीको धारामा बरफ जमेर पानी नआउँदा पानीको समस्या भएको हो । चिसो अत्यधिक भएकाले घर बाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।

घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताउनुभयो। ‘कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घर बाहिर निस्कन समेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ’, उहाँले भन्नुभयो । छ महिनाका लागि रासन र दाउराको जोहो यस अघि नै गरेकाले यसको समस्या नभएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार