खानेपानी उपभोक्ता समितिलाई निर्माण पूर्वको ३ दिने तालिम

 469 पटक हेरिएको


चितवन : चितवन जिल्लाको माडी नगरपालिका वडा नं १ भंगेता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरुका लागि निर्माण पूर्वको ३ दिने तालिम सुरुवात भएको छ । खानेपानी योजनालाई निर्माण चरणमा लैजान उपभोक्ता समितिले गर्नुपर्ने क्रियाकलापहरु बारे जानकारी गराउनका साथै सामुदायिक कार्ययोजना तयार गर्नका लागि तालिम आयोजना गरिएको वाइन टु वाटर नेपालका वास संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो ।

सबै जना महिला मात्र रहेको उपभोक्ता समितिले असार मसान्त सम्ममा योजना सम्पन्न गर्ने गरी कार्ययोजना निर्माण गरिएको वास संयोजक जोशीले जानकारी दिनुभयो । वाइन टु वाटर नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरु हुना लागेको सोलार लिफ्ट प्रबिधिको योजना वाइन टु वाटर, वडा कार्यालय र उपभोक्ताको सहकार्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खानेपानी योजनाबाट माडी नगरपालिकाको वडा नं. १ का ९७ घरपरिवार लाभान्वित हुनेछन् ।

सरकारको एक घर एक धाराको नीति अनुसार सबै घरपरिवारमा धारा जडान गरिने वाइन टु वाटर नेपालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार