पचास वर्षपछि घरघरमा धारा

बाजुरा : सधै कुवा र खोलाको धमिलो पानी खान बाध्य भएका बदेडाबासीले पचास वर्षपछि धाराको पानी खाने भएका छन् । पानीको मुहानबाट नै वञ्चित हुँदै आएका बदेडावासीका लागि बूढीगङ्गा नगरपालिका ९ बासुरेवासीले जाडेपानीको मुहान खानेपानीका लागि दिएपछि पचास वर्षपछि बल्ल खानेपानी पाउउने भएका हुन् ।

बुढीगङ्गा नगरपालिकाको साझेदारीमा जलश्रोत नामक सस्थाले बदेडाका १२४ घरपरिवारलाई २९ वटा धारा निमार्ण गर्ने गरी योजनाको काम सुरु गरिएको छ । स्थानीय सरकार गठनभए पश्चात् गाउँमा खानेपानी निमार्णको काम सुरु भएको भन्दै बदेडाका १२४ घरपरिवार खुसीले काम गर्न लागेको बदेडा खानेपानी निमार्ण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण रावलले बताउनुभयो ।

खानेपानी निमार्ण कार्य सुरुभएपछि गाउँका बेरोजगार युवालाई पनि रोजागारी मिलेको छ ,उहाँले भन्नुभयो,“पचास वर्षपछिको लामो दौरानमा बल्ल बदेडावासीले स्वच्छ सफा खानेपानी पाउने भएपछि स्थानीयमा खुसी छाएको हो।” बुढीगङ्गा नगरपालिका –१० का ७५ वर्षीया जौमा सार्की भन्नुहुन्छ,“म यो गाउँमा आएको ६५ वर्ष भयो, आएदेखि कुवा र खोलाकै धमिलो पानी पिएका छौ , बिहानै उठेर पानीकै जोहो बेलुकी पानीकै जोहो यो समस्या आएदेखि अहिलेसम्म छ ।”

साउनदेखि फागुनसम्म कुवाको पानी र चैतदेखि असारसम्म दुुई घण्टाको बाटो हिडेर खोलाको पानी खान बाध्य थियौं । अहिले स्थानीय सरकारले बडेडावासीका लागि खानेपानीको पहल गरीदिएपछि अब भने धाराको पानी खान पाउने आश पलाएको छ ,स्थानीय सीता नेपालीले बताउनुभयो ।

नगरपालिकाको ३७ जलस्रोतको ३७ र जनश्रमदान २६ प्रतिशत रकम गरी ६२ लाखमा २९ वटा सार्वजनिक धारा निमार्ण गरिने जलश्रोत प्राविधिक धर्मबहादुर बुढाका बुढाले बताउनुभयो । जिल्ला दर रेट दक्षज्यामीको एक हजार र अदक्ष ज्यामीको ७५० रुपयिाँ छ भए पनि बुढीगङ्गा नगरपालिकाको नियममा ९५० दक्ष र ७०० अदक्ष ज्यामीलाई दिने प्रबधान रहेकोले आठ घण्टा पूरा काम गरेपछि यहाँका स्थानीयले सो रकम पाउने प्राविधिक बुढाले बताउनुभयो ।

बुढीगङ्गा नगरपालिका–१० का वडा अध्यक्ष धर्मराज जैशीले भन्नुभयो, लामो समय म्म बदेडावासीले खानेपानी खान नभएकोले यो वर्ष भित्र १२४ घरपरिवारले अवश्य नै स्वच्छ खानेपानी खान सक्ने बताउनुभयो । साभार शेरबहादुर सार्की/बाजुरा : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार