मेलम्चीको पानी आज काठमाडौ आईपुग्दै, यस्तो छ वितरणका लागि बनाईएका ट्याङ्कीको अवस्था

काठमाडौको मीन भवनमा निर्मित रिजर्भ्वायर ट्यांकी

मेलम्ची : मेलम्चीको सुरुङ परीक्षणका लागि मेलम्चीको हेडवर्क्सबाट पठाएको पानी आज सुन्दरीजल आईपुग्दैछ । परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी वितरण गर्न सकिने खानेपानी सचिव माधव बेल्बासेले बताउँदै आउनु भएको छ । सुन्दरीजलमा अपरान्ह सुरुङको पानी खसाईने र त्यसको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेको सचिव बेल्बासेले जानकारी दिनुभयो ।

सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याएर वितरण प्रणालीबाट ग्राहकका धारामा पठाइनेछ । मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

करिब एक हप्ताको परीक्षण पछि नियमित पानी वितरण हुने गरिनेछ छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिनुुभयो । उहाँका अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको जनाएको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटर मध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण सकिएको छ ।
चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ ।

यस्तो छ, पानी पोखरीको अवस्था

महांकालचौरमा बनाएको रिजर्भ्वायर ट्यांकी

सुन्दरीजलमा आएको मेलम्चीको पानी विभिन्न स्थानमा निर्माण भएका पानी सर्भिस रिजार्भ्वायर ट्यांकीमा जम्मा गरी वितरण सञ्जाल मार्फत उपत्यकाबासीको घरघरमा पठाइनेछ । यसका लागि काठमाडौको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारको ट्याङ्की सम्पन्न भएका छन् । भल्भ च्याम्बर एक देखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् भने १२ वटा बाँकी छन् ।

महांकालचौरमा बनाएको रिजर्भ्वायर ट्यांकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार