धारामा अझै मेलम्चीको पानी झरेन ? वितरण शाखाका प्रमुखलाई सीधै फोन गर्नुहोस्

काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेको करिब २ हप्ता भएको छ । यस बीचमा मेलम्चीको पानी कतै सडकमै बगिरहेको देखिएको छ भने कतै कतै अझै सम्म पानी नपाएको गुनासो छ ।

काठमाडौ उपत्यका खानेपानी लिमिेटेड (केयूकेएल) को धारा नै जडान नभएको घरमा त मेलम्चीको पानी जाने कुरै भएन । तर जहाँ केयूकेएलको धारा जडान भएका छन्, ती धारामा मेलम्चीको पानी वितरण भईरहेको केयूकेएलको दाबी छ । जहाँ अहिलेसम्म पनि मेलम्चीको पानी पुगेको छैन, त्यहाँका उपभोक्ताले सम्बन्धित खानेपानी वितरण शाखाका प्रमुखहरुलाई फोन गर्न सक्नुहुनेछ ।

यी हाकिमहरुलाई फोन गर्नुहोस्

१. महांकालचौर वितरण शाखा : ई. उमेश बाबु मराहट्ट – ९८४१३५१५८५

२. मीनभवन वितरण शाखा : ई. नारायण कर्ण – ९८४१३५१०१८

३. अनामनगर वितरण शाखा : ई. कृष्ण कुमार शाह – ९८४४३८६११३

४. बाँसबारी वितरण शाखा : ई. रमेशी के.सी. – ९८५११८५९५९

५. बालाजु वितरण शाखा : ई निर्गेन्द्र श्रेष्ठ –  ९८५१०६०४६०

६. खुमलटार वितरण शाखा : ई. डोल प्रसाद चापागाई – ९८५१०४२७७३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार