खानेपानीको माग गर्दै रित्तो गाग्री प्रदर्शन, महासंघले बुझायो ज्ञापन पत्र

मनिराज पाण्डे/कालिकोट : नेपाल पत्रकार महासंघ कालिकोट शाखाले जिल्ला सदरमुकाम मान्ममा खानेपानीको अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालयलाइ ज्ञापन पत्र बुझाएको छ । लामो समय सम्म जिल्ला सदरमुकाम मान्मका नागरिकले खानेपानी नपाएको बिषयमा महासंघले खाँडाचक्र नगरपालिका वडा नं. १ को कार्यालय, खाँडाचक्र नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको अध्यक्ष भरतराज बिष्टले बताउनु भयो ।

पत्रकार महासंघको टोली संगै ज्ञापन पत्र बुझाएका स्थानीयले रित्तो गाग्री र जर्किन समेत बोकेर ज्ञापन पत्र बुझाउन गएका थिए । खाँडाचक्र नगरपालिका बजार क्षेत्रका धेरै ठाउँहरुमा खानेपानीको चरम अभाव देखिदै आएको छ । खाँडाचक्र नगरपालिका १ का वडा अध्यक्ष गणेश बहादुर शाही नै खानेपानी उपभोक्ता महासंघका अध्यक्ष भएकाले समय दिन नसकेको स्थानीयको आरोप छ । बजारमा बितरण गरिने खानेपानीमा बिभेद गरिएको र खानेपानीको गुणस्तर मापन समेत नगरिएको बजारबासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार