नयाँ बर्ष सँगै काठमाडौमा मेलम्चीको १७ करोड लिटर पानी, पुरानो पाइपका कारण असमान वितरण

काठमाडौ : नयाँ बर्ष २०७८ को शुभारम्भ सँगै काठमाडौ उपत्यकामा दैनिक १७ करोड लिटर वितरण गर्ने भएको छ । यही वैशाख ५ गतेदेखि मेलम्चीको पूरै पानी अर्थात दैनिक १७ करोड लिटर पानी वितरण गरिन लागेकोमेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । अहिले दैनिक साढे ८ करोड लिटर पानी काठमाडौ उपत्यकामा वितरण हुँदै आएको छ । सुरुमा चैत्र १५ गते देखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी वितरण गरिएको थियो ।

अज १० करोड लिटर पानी पठाउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दैनिक रुपमा पानी पठाउने कामलाई बढाउदै वैशाख ५ गते पूरै पानी पठाइने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको बाँकी काम मध्ये हेडवर्क्सबनाउने काम भइरहेको र अबको एक महिनाभित्र काम सम्पन्न गरी स्थायी बाँधबाटै पानी पठाईले उहाँले जानकारी दिनुभयो ।

अरु काम समपन्न भइसकेको र बर्षातको समयमा अर्थात दुईदेखि तीन महिनापछि सुरुङ भित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।

पुरानो पाइपका कारण असमान वितरण

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गरिरहेको छ । चार चरण मध्ये अझै केही ठाउँमा पानी वितरण गर्न बाँकी छ त्यसको लागि काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्ज र चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा जम्मा हुने केयूकेएलले जनाएको छ । मेलम्चीको पानी वितरण सुरु भएसँगै पाइप लाइनमा चुहावट भएको ठाउँमा मर्मत गर्ने काम अगाडि बढाइएको केयुकेएलले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी पुरानो पाइपबाट वितरण गर्दा केही ठाउँमा चुहावट लगायतका समस्या देखिएकोले पाइपलाइन स्थलमै प्राविधिक टोली खटाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । उहाँले पुरानो पाइपमा प्वाल पारेर धेरै धारामा पठाउँदा कुनै पाइपमा धेरै पानी जाने कुनै अलि थोरै र कति धारामा पानी नै नजाने प्राविधिक समस्या देखिएको र समाधान गर्न काम भइरहेको बताउनुभयो ।

पानी वितरण सुरु भए पनि उकालो र मसिनो पाइप भएको ठाउँमा पानी जति जानुपर्ने हो त्यो नगएको सुन्नमा आएकोले पाइपको अवस्था बुझने काम भइरहेको केयूकेएलको भनाइ छ । अहिले पानी पठाउने परीक्षणको समय भएकोले कुनै ठाउँमा धारामा पानी नआए केही समय धैर्य गर्न उपभोक्तालाई कार्यकारी अधिकृत शाक्यले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार