मेलम्चीको पानी आज देखि दुई महिनाका लागि बन्द

काठमाडौ : मेलम्ची खानेपानी आज देखि दुई महिनाका लागि बन्द हुने भएको छ । सुरुङ परिक्षण कार्यका लागि सुरुङ खाली गर्ने, प्रेसराईज्ड अवस्थामा राख्ने, निरीक्षण गरी आवश्यक सुधारका कार्यहरु गर्ने र सुरुङमा पानी भर्ने कार्यका लागि दुई महिना पानी बन्द गरिएको हो ।


आजैदेखि सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः भरण गर्ने कार्यहरु सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुङको निरीक्षण परिक्षण एवं सुधारका लागि २ महिना समय लाग्नेछ । सुरुङ खाली गर्नकै लागि १६ दिन लाग्ने र बाँकी समयमा सुरुङको परिक्षण, निरीक्षण, सुधार र पुनः पानी भरिने समितिका कार्यकारी निर्देशकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यो अन्तिम चरणको कार्य जतिसक्दो चाँडो सम्पन्न गरी पानी पथान्तरणलाई नियमित गर्न हरतरहले प्रयास गर्न समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाले पूर्वाधारका कामहरु सम्पन्न गरेपछि २०७७ फागुन १० गतेबाट मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परिक्षण सुरु गरेको थियो । सुरुङमा पानी पथान्तरण गरिएको १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी आईपुगेको थियो । काठमाडौ उपत्यकामा २०७७ चैत्र १५ गतेदेखि मेलम्चीको वितरण गर्न सुरु गरिएको थियो ।

नदी किनारमा नजान आग्रह

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु याल्थुम लगायतका क्षेत्रहरु साथै वागमती नदीमा पानीको वहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान र जानै परेमा विशेष सावधानी अपनाउन समितिले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार