खानेपानीको तथ्याङ्क व्यवस्थापन सम्बन्धी तालिम हुने

काठमाडौं : नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) बागमती प्रदेशले खानेपानीको तथ्याङ्क व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । हालै सम्पन्न अनलाइन बैठकले खानेपानी तथा ढल व्यवस्थापन विभागको सहकार्यमा तथ्याङ्क व्यवस्थापन सम्बन्धी अनलाइन तालिम सञ्चालन गर्ने निर्णय गरिएको एनईए बागमतीका सभापति ई. नन्दलाल बन्जाडेले जानकारी दिनुभयो । तालिम सञ्चालनका लागि सभापति बन्जाडे, सदस्य सचिव सुरज गौतम र सदस्य सचिव सरद पण्डितलाई जिम्मेवारी दिईएको छ ।

फाइल तस्बिर

बैठकले गरेका थप निर्णयहरु :

१. नेपाल इन्जिनियर्स एसोसियसन, बागमती प्रदेश कमिटीको आव्हानमा २०७८ असोज १५ र १६ गते “NEA Bagmati second futsal tournament” आयोजना गर्ने। सो सञ्चालनको लागि ई।नवीन काफ्लेको संयोजकत्वमा ई. मदन खकुरेल, ई. सागर न्यौपाने, ई. कपिल रेग्मी र ई. हर्ज उमिन तुम्रोक लिम्बु सहितको आयोजक समिति गठन गरियो।

२. असोज १६ र १७ गते NEA Bagmati को समिक्षा बैठक गर्ने र तयारीको लागि उपसभापति ई. डिल्लीराम भट्ट, सचिव ई. प्रदिप अधिकारी र सदस्य ई. सुरज गौतमलाई जिम्मा दिने निर्णय गरियो ।

३. NEA Bagmati अन्तर्गतको Technical र Capacity Bulding committee बाट IDDRR को Prgramme र खानेपानी सम्बन्धी तथ्याङ्क ब्यवस्थापन (खापा तथा ढल व्यवस्थापन बिभाग सँगको सहकार्यमा) Online Training संचालन गर्ने निर्णय गरियो । सो कार्यक्रमहरू संचालनका लागि सभापति ई. नन्दलाल बन्जाडे, सदस्य सचिव सुरज गौतम र सदस्य सचिव शरद पण्डितलाई जिम्मा दिने निर्णय गरियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार