केयूकेएलले सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निश्काषण गर्दै (भिडियो)

काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सर्वसाधारणका लागि पनि सेयर निश्काषण गर्ने भएको छ । केयूकेएल पब्लिक प्राईभेट पार्टनरसीप कम्पनी भएकाले उपभोक्ता तथा ग्राहकहरुलाई पनि सेयर प्रदान गर्ने कम्पनीको प्रावधान बमोजिम सर्वसाधारणका लागि १५ प्रतिशत सेयर जारी गर्न लागेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी पनि आईसकेको र सेयरमा लगानी गर्नलाई उपभोक्ताहरु पनि उत्साहित हुने भएकाले ग्राहकहरुलाई किन कम्पनीको धनी नबनाउने त भन्ने हिसाबले सँगसँगै लैजान चाहेको उहाँले बताउनुभयो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको केयूकेएलमा नेपाल सरकारको २४ प्रतिशत, काठमाडौ महानगरपालिकाको २४ प्रतिशत, नेपाल चेम्बर अफ कमर्शको ७.२ प्रतिशत र नेपाल उद्योग बाणिज्य महासंघको ४ प्रतिशत सेयर लगानी रहेको छ । यस्तै ललितपुर चेम्बर अफ कमर्शको १.२ प्रतिशत, भक्तपुर चेम्बर अफ कमर्शको १.२ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत सेयर रहेको छ । कम्पनीले उपत्यकाका १६ वटा नगरपालिकाको लागि ८ प्रतिशत, कर्मचारी कल्याणकारी कोषका लागि ४ प्रतिशत, कर्मचारीहरुकै लागि भनेर ५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

कम्पनीको धनी बनाएपछि सेवाको गुणात्मक सुधार हुने

कम्पनीमा उपभोक्ता एवं ग्राहकहरुको प्रवेशले कम्पनीको सेवामा गुणात्मक सुधार हुने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यको अपेक्षा छ । ‘उपभोक्ता आफै उपस्थित भएपछि त भन्नुहोला नि, क्वालिटी यसरी राम्रो बनाउनुप¥यो । विस्तार हामी यसरी गर्नुपर्‍यो । ग्राहकहरुको समस्यालाई यसरी सम्बोधन गर्नुपर्‍यो ।’ उहाँले भन्नुभयो ।

कम्पनी हाल लेखापरिक्षणको चरणमा छ । लेखापरिक्षण सक्ने वित्तिकै कम्पनीको साधारण सभा हुनेछ । तीनै बर्षको लेखापरिक्षण प्रतिवेदनहरु साधारण सभाबाट पारित भएपछि कम्पनी सेयर निष्काशनका लागि योग्य हुनेछ । त्यसपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने कम्पनीको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार