मेलम्ची पानी बन्द भए लगत्तै केयूकेएलले जारी गर्‍यो आन्तरिक वितरण तालिका

काठमाडौ : मेलम्चीको खानेपानी बितरण बन्द गर्नेे वित्तिकै काठमाडौ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । महाँकालचौर शाखाले सुन्दरीजल मुहान र गोकर्ण डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न तालिका सार्वजनिक गरेको हो । खानेपानीको उपलब्धताको आधारमा खानेपानी वितरण तालिकामा केही परिमार्जन गरिएको र यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति कार्यालयले क्षमा याचना गरेको छ ।

आज बिहान ८:०० बजेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेल भित्र बालुवा गेग्रान सहित धमिलो पानी प्रवेश भएको हुँदा टनेलको सुरक्षार्थ मेलम्ची खानेपानीको मुख्य ढोका बन्द गरिएको हो । मेलम्ची खोलाको पानीलाई अस्थायी तरिकाले पथान्तरण गरी गत वैशाख ११ गतदेखि काठमाडौ उपत्यकामा वितरण गरिएको थियो ।

सरकारले आ. व. ०७९/८० को वजेट वक्तव्यमा मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भईरहेको जानकारी गराएको छ ।

हेर्नुहोस् परिमार्जित तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार