केयूकेएलका प्लम्बर घुस रकम सहित कार्यकक्षबाटै समातिए

काठमाडौ :  काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकम सहित आफ्नै कार्यकक्षबाटै पक्राउ परेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकालमा कार्यरत खुलाललाई सेवाग्राहीबाट ५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग धारा जडान गर्नका लागि भन्दै रकम माग्ने गरेको सूचनाका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । झापा गौरीगन्ज घर भई हाल कपन बस्दै आएका ५० वर्षीय खुलालले उहाँकै कार्यकक्षमा धारा जडान गर्नका लागि भन्दै रकम लिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

pkrau

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार