मेयर साम्पाङलाई अर्थमन्त्रीको आश्वासन ‘धरानको खानेपानी समस्या समाधानका लागि बजेट विनियोजन गर्छौं’

काठमाडौं : धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । सिंहदरबार स्थित अर्थमन्त्रालयमा मन्त्री शर्मा र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीच भएको भेटमा मन्त्री शर्माले प्राविधिक तयारी सकिएपछि खानेपानीका लागि संघीय सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधानका लागि गर्नुभएको जनपरिचालनको प्रशंसा गर्नुभयो। ‘धरानको खानेपानी समस्या समाधानका लागि तपाईले गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ’ मन्त्री शर्माले भन्नुभयो ।

मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । तपाईँहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार