सेप्टिक ट्याङ्क नै नचाहिने, यो कस्तो प्रविधि हो ? इन्जिनियरको बर्णन सहित (भिडियो)

  वास खबर सम्वाददाता  5419 पटक हेरिएको

भक्तपुर : बाहिरबाट झट्ट हेर्नेलाई लाग्न सक्छ, सेप्टिक ट्याङ्कको सट्टा प्लाष्टिक ट्याङ्क त प्रयोग गरिएको रहेछ नि ? शौचालयको पछिल्तिर जमिनमा गाडिएको अवस्थामा ड्रम देखेपछि यसो भन्नु पनि स्वभाविकै हो ।

तर यो विज्ञानमा आधारित छ । शौचालय पछाडि राखिएको प्लाष्टिक ट्याङ्कमा नुहाउने ठाउँ (बाथ रुम) र दिसापिसाब गरेपछि फ्लस गरिएको पानी जम्मा हुन्छ । मात्र ५ सय लिटरको यो प्लाष्टिक ट्याङ्कमा मानव मलमूत्र कहिल्यै भरिन पाउँदैन । यस भित्र पानी र दिसा घोलिएर लेदो बन्छ । उक्त लेदो जमिनमुनि विछ्याएको प्वालै प्वालको पाइप हुँदै प्राकृतिक चक्र अनुसार जमिनमुनि नै मलको रुपमा परिणत हुन्छ ।

यसबारे विस्तृतमा बताउँदै हुनुहुन्छ, इको कन्सर्न प्रा.लि.का प्रोजेक्ट इन्जिनियर बिजेश कैती

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

जमिनमुनि बनेको मल विरुवाले सोसेर लिन्छ भने पानी जमिन भित्र पुनर्भरण हुन्छ । त्यसैको ठीक माथि विभिन्न प्रकारका तरकारी खेती पनि लगाउन सकिन्छ । यस्तो खाले प्रविधि नेपालमा पहिलो पटक परिक्षणको रुपमा निर्माण गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण गरिएको यो प्रविधिको हालै उदघाटन गरिएको छ ।

इण्डोनेसियामा सफल भई व्यापक प्रयोगमा आईसकेको यो प्रविधि नेपालमा समेत सफल हुने आशा लिएको छ । यो प्रविधि सफल भएमा मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार