बायोस्याण्ड फिल्टरको महत्व र सफा गर्ने तरिका (भिडियो सहित)

  वास खबर सम्वाददाता  609 पटक हेरिएको

रौतहट : पानी शुद्धिकरण गरेर मात्र पिउनुपर्छ, यो त तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । तर व्यवहारमा चाहिं थोरैले मात्र प्रयोग गरेको पाइन्छ ।

शुद्धिकरण गर्दा पानीमा मिसिएका भौतिक, रासायनिक र जैविक प्रदुषणहरु हटेर पानी पिउन योग्य बन्छ । शुद्धिकरण गर्ने विभिन्न तरिकाहरु मध्ये फिल्ट्रेसन गर्ने तरिकालाई धेरैले अपनाउने गरिएको छ ।

बजारमा पाईने विभिन्न फिल्टरहरु मध्ये बायोस्याण्ड फिल्टर पुरानो प्रविधि हो । बायोस्याण्ड फिल्टर स्थानीय स्रोत साधनको प्रयोग गरी बनाईएको हुन्छ । यसको प्रयोग गर्न जान्दा अन्य फिल्टरको तुलनामा बायोस्याण्ड बढी प्रभावकारी मानिन्छ । यसले आईरन, आर्सेनिक र धमिलोपना तथा सुक्ष्म जीवाणु समेत हटाई पानीलाई सुरक्षित बनाउँछ ।

बायोस्याण्ड फिल्टरको महत्व र सफा गर्ने तरिकाबारे बताउँदै हुनुहुन्छ, रौतहटको चन्द्रपुरमा रहेको ठाडा मगर बायोस्याण्ड फिल्टर उद्योगका सञ्चालक डोल बहादुर ठाडा मगर, उहाँले सन् २००९ देखि उद्योग स्थापना गरी बायोस्याण्ड फिल्टरको उत्पादन तथा विक्री वितरण गर्दै आउनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार