काठमाडौ : सरकारले सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई तीनै तहको सरकारको समन्वयमा राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो ‘तीनै तहको सरकारको समन्वयमा सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिनेछ ।’
यस्तै नदी नाला तथा पानीको स्रोतलाई प्रदुषणमुक्त राख्न फोहोरपानी प्रशोधन प्रणालीको विकास तथा विस्तार गर्ने राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।